Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

एमाले दोलखा जुट्दैछ, सशक्त रूपमा अघि बढ्दैछ!

Advertisement

नेकपा एमाले दोलखा जिल्ला कमिटीद्वारा कात्तिक २९ गते आयोजना गरिने ऐतिहासिक आमसभा र त्यसको पूर्वसन्ध्यामा कात्तिक २८ गते हुने मोटरसाइकल यात्राको तयारी तीव्र रूपमा अघि बढाइएको छ।

कार्यक्रमअनुसार कात्तिक २९ गते बिहान ११:०० बजे चरिकोट सातदोबाटोबाट जुलुस सुरु हुनेछ, जसले बजार परिक्रमा गर्दै पुनः सातदोबाटोमै पुगेर विशाल आमसभामा परिणत हुनेछ। त्यसअघि, कात्तिक २८ गते दिउँसो ३:०० बजे चरिकोट सातदोबाटोबाट मोटरसाइकल यात्रा सुरु हुने छ, जसले पार्टीको जनपरिचालन अभियानलाई थप ऊर्जा र उत्साह प्रदान गर्ने उद्देश्य लिएको छ।

उक्त तयारीलाई सफल र प्रभावकारी बनाउन नेकपा एमाले दोलखा जिल्ला कमिटी, नगर कमिटी तथा विभिन्न जनसंगठनका प्रतिनिधिहरूबीच निरन्तर छलफल र समन्वय बैठकहरू भईरहेका छन्। कार्यक्रममा व्यापक जनसहभागिता सुनिश्चित गर्न सबै एमाले समर्थक, शुभचिन्तक, पार्टीका नेता–कार्यकर्ता र जनसंगठनका प्रतिनिधिहरूलाई हार्दिक अनुरोध गरिएको छ।

जानकारी अनुसार, यी कार्यक्रमहरू नेकपा एमाले दोलखा जिल्ला कमिटीका उपाध्यक्ष राजेन्द्र मानन्धरको समन्वय र नेतृत्वमा भइरहेको तयारीअन्तर्गत पर्दछन्। पार्टीले यो अभियानलाई जिल्ला स्तरमा जनसंपर्क, संगठन सुदृढीकरण र आगामी राजनीतिक गतिविधिलाई सशक्त बनाउने अवसरका रूपमा लिएको जनाएको छ।

सम्पर्क, सहभागिता र एकताको सन्देशसहित –

एमाले दोलखा जुट्दैछ, सशक्त रूपमा अघि बढ्दैछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search