नेकपा (एमाले) दोलखाका समर्पित कार्यकर्ताहरूले बालकृष्ण शिवाकोटीलाई केन्द्रीय सदस्य बनाउन तीव्र पहल अघि बढाएका छन्। लामो समयदेखि संगठन निर्माण, जनताका समस्या समाधान र विपद्–आपत्का बेला गरेका सक्रिय भूमिकाका कारण शिवाकोटीप्रति दोलखाली कार्यकर्ताहरूमा थप विश्वास र अपेक्षा बढेको देखिन्छ। दोलखाबाट लिएर टोल, वडा, गाउँपालिका हुँदै जिल्ला र त्यसपछिका केन्द्रसम्म निरन्तर सक्रिय बन्नु शिवाकोटीको पहिचानको मुख्य आधार हो। पार्टीभित्र जिम्मेवारी मनोयोगपूर्वक वहन गर्नुका साथै आम नागरिकलाई आवश्यक परेका बेला साथ–सहयोग पुर्याउनु उहाँको कार्यशैलीकाे विशेषता मानिन्छ। हालै सम्पन्न संघीय चुनावमा सानो मतान्तरले पराजित भए पनि उहाँले राजनीतिक संस्कार, मतदाताप्रति कृतज्ञता र निरन्तर जनसेवा मार्फत उदाहरणीय भूमिका देखाइरहनुभएको छ। निर्वाचन परिणामले उहाँको जनप्रतिबद्धता र…
