Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

बालकृष्ण शिवाकोटीलाई केन्द्रीय सदस्य बनाउन तीव्र पहल

Advertisement

नेकपा (एमाले) दोलखाका समर्पित कार्यकर्ताहरूले बालकृष्ण शिवाकोटीलाई केन्द्रीय सदस्य बनाउन तीव्र पहल अघि बढाएका छन्। लामो समयदेखि संगठन निर्माण, जनताका समस्या समाधान र विपद्–आपत्‌का बेला गरेका सक्रिय भूमिकाका कारण शिवाकोटीप्रति दोलखाली कार्यकर्ताहरूमा थप विश्वास र अपेक्षा बढेको देखिन्छ।

दोलखाबाट लिएर टोल, वडा, गाउँपालिका हुँदै जिल्ला र त्यसपछिका केन्द्रसम्म निरन्तर सक्रिय बन्नु शिवाकोटीको पहिचानको मुख्य आधार हो। पार्टीभित्र जिम्मेवारी मनोयोगपूर्वक वहन गर्नुका साथै आम नागरिकलाई आवश्यक परेका बेला साथ–सहयोग पुर्‍याउनु उहाँको कार्यशैलीकाे विशेषता मानिन्छ।

हालै सम्पन्न संघीय चुनावमा सानो मतान्तरले पराजित भए पनि उहाँले राजनीतिक संस्कार, मतदाताप्रति कृतज्ञता र निरन्तर जनसेवा मार्फत उदाहरणीय भूमिका देखाइरहनुभएको छ। निर्वाचन परिणामले उहाँको जनप्रतिबद्धता र सेवाभाव कम गरेको छैन, बरु अझ जनसरोकारका क्षेत्रमा सक्रिय बनाएको छ। जिल्लाका नागरिकहरू समस्यामा पर्दा सहयोगी हात बढाउने, विकास–निर्माणका विषयमा आवाज उठाउने र युवाहरूलाई प्रोत्साहन गर्ने उहाँको निरन्तर भूमिका दोलखामा सकारात्मक रूपमा हेरिन्छ।

यिनै योगदानलाई आधार मानी दोलखाका कार्यकर्ताहरूले अब उहाँलाई एमालेको केन्द्रीय नेतृत्वमा जिम्मेवारी दिलाउनुपर्ने धारणा सार्वजनिकरूपमा प्रस्तुत गर्दै आएका छन्। स्थानीयदेखि केन्द्रसम्मको अनुभव, संगठनप्रतिको समर्पण र जनतासँगको गहिरो सम्बन्धले उहाँलाई केन्द्रीय तहमा प्रभावकारी रूपमा काम गर्न सक्ने क्षमतायुक्त नेता बनाएको कार्यकर्ताहरूको ठम्याइ छ।

शिवाकोटीलाई केन्द्रीय सदस्यमा देख्न चाहने दोलखाली कार्यकर्ताहरूको अभियानले पार्टीभित्र सकारात्मक चर्चा सिर्जना गरेको छ। पार्टी सुदृढीकरण, जनताका मुद्दा उठाउने क्षमता र स्थानीय जनताको भरोसा उहाँका मुख्य बलका रूपमा अगाडि आएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search