नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा दोलखा जिल्लाबाट प्रतिनिधित्व गर्ने नेतृत्व तथा प्रतिनिधिहरूको संयुक्त बैठक आज सम्पन्न भएको छ। बैठकमा जिल्ला, जनसंगठन, विशेष आमन्त्रित तथा प्रवासका प्रतिनिधिसहित गरी जम्मा ४३ जना प्रतिनिधि दोलखाबाट महाधिवेशनमा सहभागी हुने आधिकारिक रूपमा पुष्टि गरिएको छ। बैठकमा उपस्थित प्रतिनिधिहरूले पार्टीको एकताबद्ध प्रगतिशील दिशालाई सुदृढ बनाउन आवश्यक राजनीतिक तयारी, जिम्मेवारी र आगामी कार्यदिशाबारे विस्तृत छलफल गरेका थिए। विशेषगरी, दोलखा जिल्ला घर–माइती रहेका सबै प्रतिनिधिहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा दृढतापूर्वक उभिने निर्णय सर्वसम्मत रूपमा पारित गरेका छन्। बैठकमा केन्द्रीय सदस्य रचना खड्का आइपुग्नु बाँकी रहेको जानकारी गराइए पनि अन्य केन्द्रीय तथा प्रदेश तहका…
