Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

एमाले ११औँ राष्ट्रिय महाधिवेशन : दोलखा प्रतिनिधिहरूको बैठक सम्पन्न, केपी ओली नेतृत्वप्रति एकमत समर्थन

Advertisement

नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशन नजिकिँदै गर्दा दोलखा जिल्लाबाट प्रतिनिधित्व गर्ने नेतृत्व तथा प्रतिनिधिहरूको संयुक्त बैठक आज सम्पन्न भएको छ। बैठकमा जिल्ला, जनसंगठन, विशेष आमन्त्रित तथा प्रवासका प्रतिनिधिसहित गरी जम्मा ४३ जना प्रतिनिधि दोलखाबाट महाधिवेशनमा सहभागी हुने आधिकारिक रूपमा पुष्टि गरिएको छ।

बैठकमा उपस्थित प्रतिनिधिहरूले पार्टीको एकताबद्ध प्रगतिशील दिशालाई सुदृढ बनाउन आवश्यक राजनीतिक तयारी, जिम्मेवारी र आगामी कार्यदिशाबारे विस्तृत छलफल गरेका थिए। विशेषगरी, दोलखा जिल्ला घर–माइती रहेका सबै प्रतिनिधिहरूले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा दृढतापूर्वक उभिने निर्णय सर्वसम्मत रूपमा पारित गरेका छन्।

बैठकमा केन्द्रीय सदस्य रचना खड्का आइपुग्नु बाँकी रहेको जानकारी गराइए पनि अन्य केन्द्रीय तथा प्रदेश तहका नेताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

कार्यक्रममा पोलिटब्युरो सदस्य तथा पूर्व सञ्चारमन्त्री पार्वत गुरुङ, बागमती प्रदेशका मन्त्री भरतबहादुर केसी, प्रेस चौतारी नेपालका पूर्व अध्यक्ष गणेश बस्नेत लगायतका नेताहरूले महाधिवेशनको महत्व, पार्टी संगठनको वर्तमान परिस्थिति, आगामी रणनीति तथा देशको राजनीतिक दिशाबारे आफ्नो धारणा राखेका थिए।

नेताहरूले पार्टी अनुशासन, वैचारिक स्पष्टता, संगठन विस्तार तथा आगामी २७ गतेबाट सुरु हुने महाधिवेशनलाई भव्य, गौरवशाली र एकताबद्ध तवरले सफल बनाउन सबै प्रतिनिधिहरू सक्रिय भएर लाग्नुपर्नेमा जोर दिए।

बैठकले दोलखा क्षेत्रमा पार्टीले गरेको संगठनात्मक विस्तार, स्थानीय संरचनाको मजबुत आधार र प्रतिनिधिहरूको सक्रिय भूमिका महाधिवेशनमा महत्वपूर्ण साबित हुने विश्वास व्यक्त गरेको छ।

महाधिवेशनमा जाने प्रतिनिधिहरूले आवश्यक तयारी, छलफल, परामर्श र राजनीतिक स्पष्टताका साथ दोलखा जिल्लाको साझा आवाज महाधिवेशनमा मजबुत रूपमा प्रस्तुत गर्ने प्रतिबद्धता जनाएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search