विकास पत्रकारितामार्फत समाजको आवाज बनेका कालिका खड्का सम्मानित। महेन्द्र श्रेष्ठ / शंखध्वनि अनलाइन दोलखा । सञ्चार क्षेत्रलाई केवल समाचार प्रवाहको माध्यम नभई समाज परिवर्तन, विकास निर्माण र जनचेतनासँग जोडिएको जिम्मेवार क्षेत्रका रूपमा स्थापित गर्न सक्रिय पत्रकारहरूलाई सम्मान गर्ने उद्देश्यले नेपाल पत्रकार महासङ्घ नेपाल पत्रकार महासङ्घ दोलखा शाखाले आयोजना गरेको १३औँ साधारणसभा पत्रकार सम्मान र प्रेरणाको वातावरणबीच सम्पन्न भएको छ । दोलखाको सदरमुकाम चरीकोटमा सम्पन्न साधारणसभाको अवसरमा राष्ट्रिय समाचार समिति (रासस) का दोलखा समाचारदाता कालिका खड्का लाई “विकास पत्रकारिता पुरस्कार” प्रदान गरिएको हो । राष्ट्रियसभा सदस्य घनश्याम रिजाल ले नगद रु १० हजार राशिसहित उक्त पुरस्कार प्रदान गर्नुभएको थियो । स्थानीय…
