शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

विकास पत्रकारितामार्फत समाजको आवाज बनेका कालिका खड्का सम्मानित।

Advertisement
  • विकास पत्रकारितामार्फत समाजको आवाज बनेका कालिका खड्का सम्मानित।

महेन्द्र श्रेष्ठ / शंखध्वनि अनलाइन

दोलखा ।

 सञ्चार क्षेत्रलाई केवल समाचार प्रवाहको माध्यम नभई समाज परिवर्तन, विकास निर्माण र जनचेतनासँग जोडिएको जिम्मेवार क्षेत्रका रूपमा स्थापित गर्न सक्रिय पत्रकारहरूलाई सम्मान गर्ने उद्देश्यले नेपाल पत्रकार महासङ्घ नेपाल पत्रकार महासङ्घ दोलखा शाखाले आयोजना गरेको १३औँ साधारणसभा पत्रकार सम्मान र प्रेरणाको वातावरणबीच सम्पन्न भएको छ ।

दोलखाको सदरमुकाम चरीकोटमा सम्पन्न साधारणसभाको अवसरमा राष्ट्रिय समाचार समिति (रासस) का दोलखा समाचारदाता कालिका खड्का लाई “विकास पत्रकारिता पुरस्कार” प्रदान गरिएको हो ।

 राष्ट्रियसभा सदस्य घनश्याम रिजाल ले नगद रु १० हजार राशिसहित उक्त पुरस्कार प्रदान गर्नुभएको थियो ।

स्थानीय तहका विकास निर्माण, ग्रामीण भेगका समस्या, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि तथा जनजीविकासँग सम्बन्धित विषयलाई निरन्तर समाचारको माध्यमबाट उजागर गर्दै आएको योगदानको कदरस्वरूप खड्कालाई सम्मान गरिएको महासङ्घ दोलखा शाखाले जनाएको छ ।

 जिल्लाको पत्रकारितामा विकास र जनसरोकारका मुद्दालाई केन्द्रमा राख्दै निरन्तर सक्रिय रहनुभएका खड्काको पत्रकारिता यात्रालाई उदाहरणीय मानिएको छ ।

पछिल्लो समय सामाजिक सञ्जालको प्रभाव बढ्दै जाँदा तथ्य र जनसरोकारभन्दा बढी प्रचारमुखी सामग्री हाबी हुँदै गएको चर्चा भइरहेका बेला विकास पत्रकारितालाई पुनः प्राथमिकतामा ल्याउन यस्ता पुरस्कारले सकारात्मक सन्देश दिने विश्वास व्यक्त गरिएको थियो । कार्यक्रममा बोल्ने वक्ताहरूले पत्रकारिताले समाजको वास्तविक चित्र प्रस्तुत गर्नुपर्ने र नागरिकका आवाजलाई नीतिनिर्माण तहसम्म पुर्‍याउनुपर्ने धारणा राखेका थिए ।

कार्यक्रममा अन्य पत्रकारहरूलाई पनि विभिन्न विधामा सम्मान गरिएको थियो । इन्द्रमणि पत्रकार पुरस्कारबाट दिपशंकर चौलागाईं सम्मानित हुनुभयो भने पशुपति चौलागाईं स्मृति गणतान्त्रिक पुरस्कार दुर्गा बस्नेत लाई प्रदान गरिएको थियो । त्यस्तै मेहरमान फाउन्डेसनद्वारा स्थापित “हेकमृष्ण कुमारी प्रधान स्मृति महिला सम्मान राष्ट्रिय पुरस्कार” बाट सिर्जना खड्का सम्मानित हुनुभएको थियो ।

महासङ्घ दोलखा शाखाले पत्रकारिताको क्षेत्रमा योगदान पुर्‍याउने सञ्चारकर्मीलाई हरेक वर्ष सम्मान गर्दै आएको जनाएको छ । जिल्लामा पत्रकारितालाई थप जिम्मेवार, तथ्यपरक र जनमुखी बनाउन यस्ता सम्मान तथा पुरस्कारले पत्रकारहरूलाई थप ऊर्जा मिल्ने विश्वास व्यक्त गरिएको थियो ।

साधारणसभाको उद्घाटन सत्र महासङ्घ दोलखा शाखाका अध्यक्ष प्रभु जिरेल को सभापतित्व तथा राष्ट्रियसभा सदस्य रिजालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो ।

 कार्यक्रममा जिल्लाका पत्रकार, विभिन्न राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, सामाजिक अभियन्ता तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो ।

कार्यक्रममा वक्ताहरूले स्वतन्त्र, निष्पक्ष र विकासमुखी पत्रकारिताले लोकतन्त्रलाई बलियो बनाउने उल्लेख गर्दै पत्रकारितामाथि बढ्दै गएको चुनौतीका बीच सत्य र जनहितलाई केन्द्रमा राखेर काम गर्न सञ्चारकर्मीहरूलाई आग्रह गरेका थिए।

जिल्लाको विकास, सुशासन र पारदर्शिताका सवालमा पत्रकारहरूको भूमिका अझ प्रभावकारी बन्नुपर्ने धारणा समेत व्यक्त गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

आयो फुस्सा” : बजेटमा फेरि ओझेलमा दोलखाको खरिढुङ्गा म्याग्नेसाइट ।

आयो फुस्सा” : बजेटमा फेरि ओझेलमा दोलखाको खरिढुङ्गा म्याग्नेसाइट ।

आयो फुस्सा” : बजेटमा फेरि ओझेलमा दोलखाको खरिढुङ्गा म्याग्नेसाइट । महेन्द्र श्रेष्ठ काठमाडौं — बजेट सार्वजनिक हुनुअघि दोलखाको अलप...
१९ औं गणतन्त्र दिवस : एक वर्षअघि फर्केर हेर्दा चरिकोटका ती दृश्यहरू।

१९ औं गणतन्त्र दिवस : एक वर्षअघि फर्केर हेर्दा चरिकोटका ती दृश्यहरू।

१९ औं गणतन्त्र दिवस : एक वर्षअघि फर्केर हेर्दा चरिकोटका ती दृश्यहरू। महेन्द्र श्रेष्ठ आज फेरि गणतन्त्र दिवस आएको छ । झण्डै दुई...
सिउडाँडा सामुदायिक वनको छैटौँ साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन।

सिउडाँडा सामुदायिक वनको छैटौँ साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन।

सिउडाँडा सामुदायिक वनको छैटौँ साधारण सभा सम्पन्न, नयाँ कार्यसमिति चयन। महेन्द्र श्रेष्ठ दोलखा — सिउडाँडा सामुदायिक वन उपभोक्ता...
विकास पत्रकारितामार्फत समाजको आवाज बनेका कालिका खड्का सम्मानित।

विकास पत्रकारितामार्फत समाजको आवाज बनेका कालिका खड्का सम्मानित।

विकास पत्रकारितामार्फत समाजको आवाज बनेका कालिका खड्का सम्मानित। महेन्द्र श्रेष्ठ / शंखध्वनि अनलाइन दोलखा ।  सञ्चार क्...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search