१९ औं गणतन्त्र दिवस : एक वर्षअघि फर्केर हेर्दा चरिकोटका ती दृश्यहरू। महेन्द्र श्रेष्ठ आज फेरि गणतन्त्र दिवस आएको छ । झण्डै दुई दशकअघि नेपाली जनताको बलिदान, संघर्ष र सपनाले ल्याएको गणतन्त्रको उत्सव देशभर मनाइँदैछ । तर १९ औं गणतन्त्र दिवसको अवसरमा मन अनायासै एक वर्षअघि चरिकोटका सडक, चौतारा, कार्यालय र मानिसहरूको अनुहारतर्फ फर्किन्छ । समय त अघि बढ्यो, तर ती दृश्यहरू अझै सम्झनामा ताजै छन् । गत वर्ष चरिकोट गणतन्त्र दिवसको रंगमा रंगिएको थियो । बिहानैदेखि बजार क्षेत्र नेपाली झण्डाले सजिएको थियो । सरकारी कार्यालयदेखि विद्यालयसम्म उत्साह देखिन्थ्यो । कतै राष्ट्रगान बजिरहेको थियो, कतै विद्यार्थीहरूको मार्चपास चलिरहेको थियो ।…
