गुठिवु खेतमा रोपाइँको रौनक : विद्यार्थीले लिए कृषि ज्ञान। महेन्द्र श्रेष्ठ दोलखा, असार १२ – परम्परागत कृषि संस्कृतिलाई संरक्षण गर्दै व्यवहारिक शिक्षासँग जोड्ने उद्देश्यले आज गुठिवु खेतमा धान रोपाइँ कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा राजकुलेश्वर माध्यमिक विद्यालय का विद्यार्थी भाइबहिनीहरू उत्साहपूर्वक सहभागी भई धान रोपाइँ गर्दै कृषि सम्बन्धी व्यवहारिक ज्ञान हासिल गरेका छन्। कार्यक्रममा विद्यार्थीहरूले खेतमा धान रोप्ने तरिका, बीउको महत्त्व, माटोको संरक्षण तथा कृषि उत्पादनको प्रक्रिया बारे प्रत्यक्ष अनुभव प्राप्त गरेका थिए। रोपाइँमा सहभागी विद्यार्थीहरू हिलोमा रमाउँदै नेपाली कृषि संस्कृतिसँग नजिकिएका थिए। नेपाल कृषिप्रधान देश भएकाले “मान रोपेर मुरी उब्जाउने” हाम्रो परम्परालाई जीवन्त राख्न विद्यार्थीदेखि किसानसम्म सबैको सक्रिय सहभागिता…
