Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

गुठिवु खेतमा रोपाइँको रौनक : विद्यार्थीले लिए कृषि ज्ञान।

Advertisement

गुठिवु खेतमा रोपाइँको रौनक : विद्यार्थीले लिए कृषि ज्ञान।

महेन्द्र श्रेष्ठ

दोलखा, असार १२ – परम्परागत कृषि संस्कृतिलाई संरक्षण गर्दै व्यवहारिक शिक्षासँग जोड्ने उद्देश्यले आज गुठिवु खेतमा धान रोपाइँ कार्यक्रम सम्पन्न गरिएको छ। कार्यक्रममा राजकुलेश्वर माध्यमिक विद्यालय का विद्यार्थी भाइबहिनीहरू उत्साहपूर्वक सहभागी भई धान रोपाइँ गर्दै कृषि सम्बन्धी व्यवहारिक ज्ञान हासिल गरेका छन्।

कार्यक्रममा विद्यार्थीहरूले खेतमा धान रोप्ने तरिका, बीउको महत्त्व, माटोको संरक्षण तथा कृषि उत्पादनको प्रक्रिया बारे प्रत्यक्ष अनुभव प्राप्त गरेका थिए। रोपाइँमा सहभागी विद्यार्थीहरू हिलोमा रमाउँदै नेपाली कृषि संस्कृतिसँग नजिकिएका थिए।

नेपाल कृषिप्रधान देश भएकाले “मान रोपेर मुरी उब्जाउने” हाम्रो परम्परालाई जीवन्त राख्न विद्यार्थीदेखि किसानसम्म सबैको सक्रिय सहभागिता आवश्यक रहेको सहभागीहरूले बताएका छन्। पछिल्लो समय युवापुस्ता कृषिबाट टाढिँदै गएको अवस्थामा यस्ता कार्यक्रमले कृषि प्रतिको रुचि बढाउनुका साथै श्रमको सम्मान गर्ने संस्कार विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ।

कार्यक्रममा स्थानीय किसान, शिक्षक तथा अभिभावकहरूको समेत सहभागिता रहेको थियो। सहभागीहरूले आधुनिक शिक्षासँगै व्यवहारिक कृषि ज्ञान पनि आवश्यक रहेको भन्दै विद्यालयस्तरबाट यस्ता गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

गुठिवु खेतमा आज देखिएको रोपाइँको रौनकले विद्यार्थी र किसानबीचको सम्बन्धलाई अझ सुदृढ बनाएको छ भने कृषि क्षेत्रप्रति नयाँ पुस्ताको आकर्षण बढाउने सकारात्मक सन्देश समेत दिएको युवा समाजसेवी शान्त श्रेष्ठकाे भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

महिलालाई महिलाले नै नेतृत्व गरेको त्रिपुरा महिला सहकारीको ३१औँ साधारण सभा सम्पन्न।

महिलालाई महिलाले नै नेतृत्व गरेको त्रिपुरा महिला सहकारीको ३१औँ साधारण सभा सम्पन्न।

महिलालाई महिलाले नै नेतृत्व गरेको त्रिपुरा महिला सहकारीको ३१औँ साधारण सभा सम्पन्न। दोलखा । अभयपुर नगरीमा महिलाको नेतृत्व, सहभागित...
एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search