वरिष्ठ इन्जिनियर आत्माकृष्ण श्रेष्ठद्वारा सुजाता मास्केको पुरस्कारका लागि ७ हजार ५०० रुपैयाँ सहयोग । महेन्द्र श्रेष्ठ / दोलखा दोलखा / दोलखालीको शानका रूपमा परिचित वरिष्ठ इन्जिनियर आत्माकृष्ण श्रेष्ठले भीम माध्यमिक विद्यालयकी सुजाता मास्केलाई प्रदान गरिने ‘अम्बरबहादुर कार्की उत्कृष्ट पुरस्कार’ का लागि नगद ७ हजार ५०० रुपैयाँ सहयोग गर्नुभएको छ। विद्यालयको शैक्षिक क्षेत्रमा पुर्याएको योगदानको मूल्याङ्कन गर्दै सुजाता मास्केलाई उक्त पुरस्कारबाट सम्मानित गर्ने सन्दर्भमा श्रेष्ठले पुरस्कारका लागि आवश्यक रकम उपलब्ध गराउनुभएको हो। शिक्षा समाज विकासको महत्वपूर्ण आधार हो। शैक्षिक क्षेत्रमा योगदान पुर्याउने व्यक्ति तथा प्रतिभालाई सम्मान र प्रोत्साहन गर्न सके विद्यालयको शैक्षिक वातावरण थप उत्साहजनक बन्न सक्छ। यही भावनालाई आत्मसात् गर्दै…
