फूलपातीका दिन भीमेश्वर मन्दिरमा २८४ बोका र २४२ भालेको बलि पूजा। महेन्द्र श्रेष्ठ / दोलखा दोलखा । ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिरमा विजयादशमीअन्तर्गत फूलपातीका दिन भक्तजनको उल्लेख्य उपस्थिति रहेको छ। फूलपातीको अवसरमा मन्दिरमा बोका र भालेको बलि पूजा गर्ने भक्तजनको घुइँचो लागेको थियो। भीमेश्वर नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष स्टालिन श्रेष्ठका अनुसार आज दिउँसो १ बजेसम्म मन्दिरमा २८४ वटा बोका र २४२ वटा भाले गरी कुल ५२६ वटा बलि पूजा गरिएको छ। दोलखा जिल्लाका विभिन्न स्थानका साथै आसपासका क्षेत्रबाट समेत भक्तजन तथा दर्शनार्थीहरू भीमेश्वर मन्दिरमा दर्शन र पूजाआजाका लागि आएका थिए। फूलपातीको दिन मन्दिर परिसरमा…
