Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

दोलखा–चरीकोट सडकखण्डमा चेरी (Flowering Peach) वृक्षरोपण सम्पन्न, वन संरक्षणमा सबै पक्षको ऐक्यबद्धता

Advertisement

दोलखा–चरीकोट सडकखण्डमा चेरी (Flowering Peach) वृक्षरोपण सम्पन्न, वन संरक्षणमा सबै पक्षको ऐक्यबद्धता

दोलखा, चरीकोट। डिभिजन वन कार्यालय दोलखाको आयोजनामा दोलखा–चरीकोट सडकखण्डमा चेरी (Flowering Peach) का बिरुवा रोपेर वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन, सडक सौन्दर्यीकरण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा सरकारी निकाय, स्थानीय तह, सामुदायिक वन उपभोक्ता समूह तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रमको अध्यक्षता डिभिजनल वन अधिकृत अनिल कुमार रेग्मीले गर्नुभएको थियो। कार्यक्रममा गौरीशंकर संरक्षण आयोजनाका प्रमुख सन्तोष शेरचन, वन अधिकृत विष्णुबहादुर केसी, भीमेश्वर नगरपालिका–२ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ, पूर्व डिभिजनल वन अधिकृत सुरेन्द्र श्रेष्ठ, समाजसेवी ज्ञानेन्द्र प्रधान, सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन), जीक्याप (GCAP) तथा अन्य सरोकारवाला निकायका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

कार्यक्रममा वक्ताहरूले वृक्षरोपणलाई औपचारिकतामा सीमित नराखी भावी पुस्ताका लागि स्वच्छ, हरित र स्वस्थ वातावरण निर्माण गर्ने दीर्घकालीन अभियानका रूपमा अघि बढाउनुपर्नेमा जोड दिएका थिए। वन संरक्षण, जैविक विविधताको संवर्द्धन तथा प्राकृतिक स्रोतको दिगो व्यवस्थापनका लागि सरकारी निकाय, स्थानीय तह र समुदायबीचको सहकार्य अपरिहार्य रहेको उनीहरूको भनाइ थियो।

वडा अध्यक्ष स्टालिन श्रेष्ठले वन मानव जीवनको आधार भएको उल्लेख गर्दै वन संरक्षण, जैविक विविधता जोगाउने दायित्व तथा समुदायको सक्रिय सहभागिताको महत्त्वबारे प्रकाश पार्नुभयो। उहाँले बिरुवा रोप्ने मात्र नभई त्यसको संरक्षण, स्याहार र हुर्काउने संस्कारको विकास गर्नुपर्नेमा विशेष जोड दिनुभयो।

कार्यक्रमअन्तर्गत ट्री गार्डसहित करिब पाँच फिट अग्ला चेरी (Flowering Peach) का बिरुवा रोपिएका थिए। साथै वन संरक्षण, वातावरणीय सन्तुलन कायम गर्ने उपाय तथा सामुदायिक वनको प्रभावकारी व्यवस्थापनका विषयमा अन्तरक्रिया समेत गरिएको थियो। सहभागीहरूले प्रत्येक नागरिकले कम्तीमा एक बिरुवा रोपी त्यसको संरक्षण गर्ने संस्कार विकास गर्नुपर्नेमा प्रतिबद्धता व्यक्त गरेका थिए।

डिभिजन वन कार्यालय दोलखाले आगामी दिनमा पनि वातावरण संरक्षण, वन संवर्द्धन तथा जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ। दोलखा–चरीकोट सडकखण्डमा गरिएको चेरी (Flowering Peach) वृक्षरोपणले सडकको सौन्दर्य अभिवृद्धिसँगै हरित वातावरण निर्माण, जैविक विविधता संरक्षण तथा जलवायु परिवर्तनका चुनौती न्यूनीकरणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search