दोलखा–चरीकोट सडकखण्डमा चेरी (Flowering Peach) वृक्षरोपण सम्पन्न, वन संरक्षणमा सबै पक्षको ऐक्यबद्धता दोलखा, चरीकोट। डिभिजन वन कार्यालय दोलखाको आयोजनामा दोलखा–चरीकोट सडकखण्डमा चेरी (Flowering Peach) का बिरुवा रोपेर वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको छ। वातावरण संरक्षण, हरियाली प्रवर्द्धन, सडक सौन्दर्यीकरण तथा जलवायु परिवर्तनका असर न्यूनीकरण गर्ने उद्देश्यका साथ आयोजित कार्यक्रममा सरकारी निकाय, स्थानीय तह, सामुदायिक वन उपभोक्ता समूह तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमको अध्यक्षता डिभिजनल वन अधिकृत अनिल कुमार रेग्मीले गर्नुभएको थियो। कार्यक्रममा गौरीशंकर संरक्षण आयोजनाका प्रमुख सन्तोष शेरचन, वन अधिकृत विष्णुबहादुर केसी, भीमेश्वर नगरपालिका–२ का वडा अध्यक्ष स्टालिन श्रेष्ठ, पूर्व डिभिजनल वन अधिकृत सुरेन्द्र श्रेष्ठ, समाजसेवी ज्ञानेन्द्र…
