Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

दोलखाको पर्यटन विकाससँगै प्रदेशको प्रमुख केन्द्र बनाउने अभियानमा होटल व्यवसायी।

Advertisement

दोलखाको पर्यटन विकाससँगै प्रदेशको प्रमुख केन्द्र बनाउने अभियानमा होटल व्यवसायी।
महेन्द्र श्रेष्ठ

दोलखा, भदौ १८ । दोलखाको पर्यटन सम्भावनालाई उजागर गर्दै जिल्लालाई बागमती प्रदेशकै प्रमुख पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ।

भीमेश्वर नगरपालिका–चरिकोटमा सम्पन्न साधारण सभामा होटल तथा पर्यटन व्यवसायी, संघका पदाधिकारी तथा सदस्य, स्थानीय जनप्रतिनिधि, पर्यटन क्षेत्रका सरोकारवाला र विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो।

 

साधारण सभाले दोलखाको पर्यटनलाई थप व्यवस्थित र व्यवसायिक बनाउँदै जिल्लाको आर्थिक समृद्धिसँग जोड्ने विषयलाई प्राथमिकतामा राखेको छ। साथै दोलखालाई बागमती प्रदेशको पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्दै दीर्घकालीन रूपमा प्रदेश राजधानीका रूपमा स्थापित गराउने लक्ष्य अघि सारिएको छ।

कार्यक्रममा सहभागी वक्ताहरूले दोलखा प्राकृतिक सौन्दर्य, धार्मिक आस्था, ऐतिहासिक सम्पदा, मौलिक संस्कृति तथा साहसिक पर्यटनका दृष्टिले सम्भावनै सम्भावना बोकेको जिल्ला भएको बताए। जिल्लामा रहेका पर्यटकीय गन्तव्यको पर्याप्त प्रचारप्रसार र आवश्यक पूर्वाधार निर्माण गर्न सके आन्तरिक तथा बाह्य पर्यटकको आगमन उल्लेख्य रूपमा बढाउन सकिने उनीहरूको भनाइ थियो।

 

दोलखाका कालिन्चोक, शैलुङ, जिरी, रोल्वालिङ, गौरीशंकर, भीमेश्वर, तामाकोशी, बिगु तथा लाप्चीलगायत क्षेत्रलाई जोडेर एकीकृत पर्यटन प्याकेज निर्माण गर्नुपर्नेमा समेत जोड दिइएको छ। पर्यटकलाई आकर्षित गर्ने मात्र नभई उनीहरूको जिल्लामा बसाइ अवधि लम्ब्याउने वातावरण निर्माण गर्न आवश्यक रहेको सहभागीहरूले बताएका छन्।

साधारण सभामा पर्यटन पूर्वाधार, सडक तथा यातायातको सहजता, होटलको सेवा गुणस्तर, व्यवसायीको क्षमता अभिवृद्धि, सीपमूलक तालिम, डिजिटल माध्यमबाट पर्यटन प्रचारप्रसार तथा स्थानीय उत्पादनको प्रवर्द्धनका विषयमा समेत छलफल भएको थियो।

संघका अध्यक्ष कुमार श्रेष्ठले दोलखाको पर्यटन विकासमा निजी क्षेत्रको भूमिका महत्वपूर्ण रहेको बताउँदै स्थानीय तहदेखि प्रदेश र संघीय सरकारसम्मको सहकार्य आवश्यक रहेको उल्लेख गरे। उनले जिल्लामा रहेका पर्यटकीय सम्भावनालाई व्यवहारमा उतार्न सबै पक्षबीच सहकार्य र साझा योजनाको आवश्यकता रहेको बताए।

सभाले संघको वार्षिक प्रगति तथा आर्थिक प्रतिवेदनमाथि छलफल गर्दै आगामी वर्षका लागि विभिन्न कार्ययोजना तय गरेको छ। पर्यटन व्यवसायीका समस्या समाधान, सेवा गुणस्तर सुधार, पर्यटन प्रवर्द्धनका कार्यक्रम विस्तार र पर्यटक आगमन बढाउने कार्यलाई प्राथमिकतामा राख्ने निर्णयसमेत गरिएको छ।

दोलखाको पर्यटनलाई जिल्लाको आर्थिक विकासको प्रमुख आधार बनाउँदै व्यवसायीको हित संरक्षण र समग्र पर्यटन क्षेत्रको विकासमार्फत जिल्लालाई बागमती प्रदेशको आकर्षक पर्यटन गन्तव्यका रूपमा स्थापित गर्ने प्रतिबद्धतासहित साधारण सभा सम्पन्न भएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search