दोलखाको पर्यटन विकाससँगै प्रदेशको प्रमुख केन्द्र बनाउने अभियानमा होटल व्यवसायी। महेन्द्र श्रेष्ठ दोलखा, भदौ १८ । दोलखाको पर्यटन सम्भावनालाई उजागर गर्दै जिल्लालाई बागमती प्रदेशकै प्रमुख पर्यटकीय केन्द्रका रूपमा स्थापित गर्ने लक्ष्यसहित दोलखा जिल्ला होटल तथा पर्यटन व्यवसायी संघको पाँचौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ। भीमेश्वर नगरपालिका–चरिकोटमा सम्पन्न साधारण सभामा होटल तथा पर्यटन व्यवसायी, संघका पदाधिकारी तथा सदस्य, स्थानीय जनप्रतिनिधि, पर्यटन क्षेत्रका सरोकारवाला र विभिन्न संघसंस्थाका प्रतिनिधिको सहभागिता रहेको थियो। साधारण सभाले दोलखाको पर्यटनलाई थप व्यवस्थित र व्यवसायिक बनाउँदै जिल्लाको आर्थिक समृद्धिसँग जोड्ने विषयलाई प्राथमिकतामा राखेको छ। साथै दोलखालाई बागमती प्रदेशको पर्यटनको प्रमुख केन्द्रका रूपमा विकास गर्दै दीर्घकालीन रूपमा…
आमाबुबाको स्मृतिमा भीम माविमा विनोद मास्केद्वारा अक्षयकोष स्थापना। महेन्द्र श्रेष्ठ दोलखा । आफ्ना स्वर्गीय बुबा ईश्वरबहादुर मास्के र आमा अमृतकुमारी मास्केको स्मृतिमा भीम माध्यमिक विद्यालयमा पुस्तकालयका आजीवन सदस्य विनोद मास्केले अक्षयकोष स्थापना गर्नुभएको छ। शिक्षा क्षेत्रमा योगदान पुर्याउने तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई अध्ययनमा प्रोत्साहन गर्ने उद्देश्यले मास्केले आमाबुबाको नाममा अक्षयकोष स्थापना गर्नुभएको हो। अक्षयकोषबाट प्राप्त हुने ब्याज रकमबाट विद्यालयका जेहेन्दार तथा असहाय विद्यार्थीलाई पुरस्कार तथा सहयोग प्रदान गरिने मास्केले बताउनुभएको छ। यसबाट आर्थिक अभावका कारण अध्ययनमा समस्या भोगिरहेका विद्यार्थीलाई प्रोत्साहन मिल्नुका साथै उत्कृष्ट विद्यार्थीलाई थप हौसला पुग्ने अपेक्षा गरिएको छ। आफ्ना आमाबुबाको सम्झनालाई सामाजिक तथा शैक्षिक सेवासँग जोड्दै…
