Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

अब काठमाडौँका टोल–टोलमा निःशुल्क योग र ध्यान ‘आरोग्य सहर’ निर्माणका लागि महानगर र जीवन विज्ञान प्रतिष्ठानबीच समझदारी

Advertisement

अब काठमाडौँका टोल–टोलमा निःशुल्क योग र ध्यान

‘आरोग्य सहर’ निर्माणका लागि महानगर र जीवन विज्ञान प्रतिष्ठानबीच समझदारी

महेन्द्र श्रेष्ठ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नागरिकको शारीरिक तथा मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै ‘महानगर आरोग्य जीवन कार्यक्रम’ सञ्चालन गर्ने भएको छ। कार्यक्रमअन्तर्गत महानगरका विभिन्न टोलमा निःशुल्क योग, ध्यान, प्राणायाम तथा स्वस्थ जीवनशैलीसम्बन्धी गतिविधि सञ्चालन गरिने भएको हो।

नागरिकलाई स्वस्थ र सकारात्मक जीवनशैलीतर्फ प्रेरित गर्दै काठमाडौँलाई ‘आरोग्य सहर’का रूपमा विकास गर्ने उद्देश्यले महानगरपालिकाले यस्तो अभियान अघि बढाएको हो। यसका लागि काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र जीवन विज्ञान प्रतिष्ठानका अध्यक्ष देवी शर्माबीच सेवामूलक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ।

महानगरपालिकाको १९औँ नगरसभा अधिवेशनबाट पारित नीतिमा आयुर्वेद, वैकल्पिक चिकित्सा, योग, व्यायाम, प्राणायाम तथा ध्यानका माध्यमबाट शारीरिक, मानसिक र आत्मिक रूपमा स्वस्थ जीवनशैली प्रवर्धन गर्ने नीति लिइएको थियो। सोही नीतिलाई व्यवहारमा कार्यान्वयन गर्ने क्रममा ‘महानगर आरोग्य जीवन कार्यक्रम’ अघि सारिएको हो।

समझदारीको मुख्य उद्देश्य व्यक्ति र परिवार हुँदै समग्र समाजलाई आरोग्य जीवनशैलीमा अभ्यस्त गराउनु रहेको छ। साथै, स्वस्थ जीवनशैलीसँगै वातावरण संरक्षण, सुशासन र समृद्धिको अभियानमा नागरिकको सहभागिता बढाउने लक्ष्यसमेत राखिएको छ।

कार्यवाहक प्रमुख सुनिता डंगोलले आरोग्य समाज निर्माणको नेतृत्व महानगरपालिकाले लिए पनि यसको सफलता नागरिकको सक्रिय सहभागितामा निर्भर रहने बताउनुभयो। उहाँले योग र ध्यानलाई नियमित जीवनशैलीको हिस्सा बनाउन सके नागरिकको स्वास्थ्य र जीवनशैलीमा सकारात्मक परिवर्तन ल्याउन सकिने धारणा व्यक्त गर्नुभयो।

महानगरपालिकाले अघि सारेको ‘स्वस्थ नागरिक, आरोग्य नगर’को अवधारणाअनुसार सञ्चालन हुने कार्यक्रमले काठमाडौँका नागरिकलाई स्वस्थ, अनुशासित र सकारात्मक जीवनशैली अपनाउन प्रेरित गर्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search