अब काठमाडौँका टोल–टोलमा निःशुल्क योग र ध्यान ‘आरोग्य सहर’ निर्माणका लागि महानगर र जीवन विज्ञान प्रतिष्ठानबीच समझदारी महेन्द्र श्रेष्ठ काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नागरिकको शारीरिक तथा मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै ‘महानगर आरोग्य जीवन कार्यक्रम’ सञ्चालन गर्ने भएको छ। कार्यक्रमअन्तर्गत महानगरका विभिन्न टोलमा निःशुल्क योग, ध्यान, प्राणायाम तथा स्वस्थ जीवनशैलीसम्बन्धी गतिविधि सञ्चालन गरिने भएको हो। नागरिकलाई स्वस्थ र सकारात्मक जीवनशैलीतर्फ प्रेरित गर्दै काठमाडौँलाई ‘आरोग्य सहर’का रूपमा विकास गर्ने उद्देश्यले महानगरपालिकाले यस्तो अभियान अघि बढाएको हो। यसका लागि काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र जीवन विज्ञान प्रतिष्ठानका अध्यक्ष देवी शर्माबीच सेवामूलक सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। महानगरपालिकाको १९औँ नगरसभा अधिवेशनबाट पारित…
दोलखामा मासुको अस्वाभाविक मूल्यवृद्धिले होटल व्यवसायी मारमा। सम्बन्धित निकायको ध्यानाकर्षण गराउन होटल व्यवसायीको माग दोलखा । दोलखामा मासुको मूल्य अस्वाभाविक रूपमा वृद्धि भएपछि होटल तथा रेस्टुरेन्ट व्यवसायीहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन्। पछिल्लो समय मासुको मूल्य निरन्तर बढ्दै जाँदा होटल व्यवसाय सञ्चालनमा थप आर्थिक भार परेको व्यवसायीहरूको गुनासो छ। मासुको मूल्यवृद्धिका कारण होटल तथा रेस्टुरेन्टमा परिकारको लागत बढेको र त्यसको प्रत्यक्ष असर व्यवसायको आम्दानीमा परेको होटल व्यवसायीहरू बताउँछन्। मूल्यवृद्धि नियन्त्रण तथा बजारमा मासुको मूल्यमा एकरूपता कायम गर्न सम्बन्धित निकायले प्रभावकारी अनुगमन गर्नुपर्ने उनीहरूको माग छ। होटल व्यवसायी अध्यक्ष कुमार श्रेष्ठले मासुको मूल्य अस्वाभाविक रूपमा बढ्दा होटल व्यवसायीहरूलाई प्रत्यक्ष असर परेको…
