Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

बाढीपीडितको राहतका लागि सिन्धुलीका सामुदायिक वन समूहको ९ लाख बढी सहयोग।

Advertisement

बाढीपीडितको राहतका लागि सिन्धुलीका सामुदायिक वन समूहको ९ लाख बढी सहयोग।

सिन्धुली, २०८३ भदौ । २०८३ साल भदौ १० गते नुवाकोट र रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले सिन्धुलीका सामुदायिक वन उपभोक्ता समूहहरूले आर्थिक सहयोग गरेका छन्।

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ सिन्धुलीको समन्वयमा सिन्धुली जिल्लाका विभिन्न सामुदायिक वन उपभोक्ता समूहबाट स्वेच्छिक रूपमा संकलन गरिएको रु. ९ लाख २९ हजार ३ सय ५६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।

नुवाकोट र रसुवा जिल्लामा २०८३ भदौ १० गते आएको बाढीका कारण जनधनमा क्षति पुगेपछि प्रभावित परिवारको राहत तथा उद्धारमा सहयोग पुर्‍याउने उद्देश्यले सिन्धुलीका सामुदायिक वन उपभोक्ता समूहहरूले उक्त रकम संकलन गरेका हुन्।

महासंघका अनुसार यो रकम सरकारी अनुदान वा सामुदायिक वनको नियमित बजेट नभई सिन्धुली जिल्लाका विभिन्न सामुदायिक वन उपभोक्ता समूहहरूको पहल तथा स्वेच्छिक सहयोगबाट संकलन गरिएको रकम हो। संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरी बाढीपीडितको राहत तथा उद्धार कार्यमा सहयोग पुर्‍याउने उद्देश्य राखिएको छ।

सामुदायिक वन उपभोक्ता समूहहरू वन संरक्षण तथा व्यवस्थापनमा मात्र सीमित नभई सामाजिक तथा मानवीय सेवाका क्षेत्रमा समेत सक्रिय रहँदै आएका छन्। प्राकृतिक विपद्का समयमा पीडित नागरिकको पीडामा साथ दिने उद्देश्यले गरिएको यो सहयोगले राहत तथा उद्धार अभियानमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ।

महासंघले आगामी दिनमा पनि प्राकृतिक विपद् तथा मानवीय संकटका समयमा सामुदायिक वन उपभोक्ता समूहहरूको सहकार्य र सामाजिक उत्तरदायित्वलाई निरन्तरता दिँदै पीडित नागरिकको सहयोगमा सक्रिय रहने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

९८ वर्षमा पनि रोकिएन कर्णबहादुरको श्रम, मंसिरको चटारोमा धान थन्क्याउँदै बाँसको बाकरी बुन्दै

९८ वर्षमा पनि रोकिएन कर्णबहादुरको श्रम, मंसिरको चटारोमा धान थन्क्याउँदै बाँसको बाकरी बुन्दै

९८ वर्षमा पनि रोकिएन कर्णबहादुरको श्रम, मंसिरको चटारोमा धान थन्क्याउँदै बाँसको बाकरी बुन्दै। महेन्द्र श्रेष्ठ / दोलखा दोलखा / उम...
वर्षा र प्रतिकूल मौसमलाई चुनौती दिँदै सिन्धुलीमा १४१ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया सम्पन्न।

वर्षा र प्रतिकूल मौसमलाई चुनौती दिँदै सिन्धुलीमा १४१ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया सम्पन्न।

वर्षा र प्रतिकूल मौसमलाई चुनौती दिँदै सिन्धुलीमा १४१ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया सम्पन्न। सिन्धुली । बाहिर निरन्तर वर्षा...
प्रतिकूल मौसमका बाबजुद सिन्धुलीमा ८९ जना मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया।

प्रतिकूल मौसमका बाबजुद सिन्धुलीमा ८९ जना मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया।

प्रतिकूल मौसमका बाबजुद सिन्धुलीमा ८९ जना मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया। सिन्धुली । प्रतिकूल मौसमका बाबजुद नेपाल रेडक्...
स्व. कुलमणी आचार्यको सम्झनामा रेडक्रस सिन्धुलीको श्रद्धाञ्जली सभा।

स्व. कुलमणी आचार्यको सम्झनामा रेडक्रस सिन्धुलीको श्रद्धाञ्जली सभा।

स्व. कुलमणी आचार्यको सम्झनामा रेडक्रस सिन्धुलीको श्रद्धाञ्जली सभा। महेन्द्र श्रेष्ठ / दाेलखा सिन्धुली । नेपाल रेडक्रस सोसाइटी सि...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search