बाढीपीडितको राहतका लागि सिन्धुलीका सामुदायिक वन समूहको ९ लाख बढी सहयोग। सिन्धुली, २०८३ भदौ । २०८३ साल भदौ १० गते नुवाकोट र रसुवा जिल्लामा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले सिन्धुलीका सामुदायिक वन उपभोक्ता समूहहरूले आर्थिक सहयोग गरेका छन्। सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, जिल्ला महासंघ सिन्धुलीको समन्वयमा सिन्धुली जिल्लाका विभिन्न सामुदायिक वन उपभोक्ता समूहबाट स्वेच्छिक रूपमा संकलन गरिएको रु. ९ लाख २९ हजार ३ सय ५६ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। नुवाकोट र रसुवा जिल्लामा २०८३ भदौ १० गते आएको बाढीका कारण जनधनमा क्षति पुगेपछि प्रभावित परिवारको राहत तथा उद्धारमा…
