Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

ऐतिहासिक शहर दोलखामा खड्ग जात्रा मनाइयो

Advertisement

-महेन्द्र श्रेष्ठ (प्रधान सम्पादक) 

विजया दशमीको भोलिपल्ट बुधबार सेतो दौरा, जामा र फेटा गुथेर जमराको माला लगाएका खड्गधारीहरु नाच्दै खड्ग जात्रा मनाईएको छ ।

मन्दिर र मूर्तिहरुको प्राचीन सहर घुम्ने परम्परागत खड्ग जात्रा हर्सोल्लासका साथ दोलखा बजारमा मनाईएको हो ।

आ–आफ्नै भूमिका अनुसार नाच्दै अघि बढेको रोचक दृष्य र प्राचीन युद्धको कलाकौशल हेर्न बाक्लै चहलपहल थियो । दशमीको भोलिपल्ट खड्ग जात्राको अवलोकन गरेर दर्शन गरेमा फलिफाप हुने जनविश्वास रहेको स्थानीय बताउँछन् ।

जात्रामा अभियनयकर्तामध्ये मूल खड्गधारी र उनका अंगरक्षक अघिअघि हुन्छन् । त्रिपुरा सुन्दरी भगवतीले नाबालक छोरा बटुक भैरवलाई घण्ट, डमरु, खड्ग थमाई राँगोको आन्द्राको माला लगाएर युद्धमा सामेल गराएको रोचक नाच पनि जात्रामा देखाइन्छ ।

दाेलखाकाे संस्कृतिक सम्पदा लेखक तथा दाेलखा इतिहासी खाेतल कर्ता : यज्ञ कुमार प्रधान भनाइ अनुसार दाेलखाकाे नवमीका दिन भीमेश्वर र त्रिपुरा सुन्दरीमा बली दिएर लगिएको रागाँको टाउकोलाई राजकुलेश्वर भगवती र बटुक भैरवले खड्ग प्रहार गरेपछि युद्ध जितेको परम्परा छ ।

त्यसपछि सगुनबाजा बजाउँदै बजार परिक्रमा गरी दिनभर नाचेर विजयउत्सव मनाउने प्रचलन छ ।

 

 जात्रा सकिएपछि बेलु

कीपख त्रिपुरा सुन्दरी र राजकुलेश्वरका पुजारीले राजकुलेश्वर मन्दिर अगाडी बसेर खुसियालीमा टिका लगाइदिनुका साथै सामूहिक भोज खाने चलनले अहिलेसम्म निरन्तरता पाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search