Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ

Advertisement

१४ माघ, २०८१ भक्तपुर। भक्तपुर पुगेर प्रधानमन्त्री ओलीको गुनासो: मलाई रुघा लाग्दा पनि भेन्टिलेटरमा राखेको फोटो आईहाल्छ प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यबारे विरोधीहरुले अनावश्यक हल्ला फैलाएको गुनासो गरेका छन् ।

सोमबार सूर्यविनायक नगरपालिका कार्यपालिकाको प्रशासकीय भवन समुद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले आफूलाई रुघा लाग्दा पनि आईसीयूमा राखेको भेन्टिलेटरमा राखेको तस्बीर सार्वजनिक गर्ने गरिएको गुनासो गरेका हुन् । ‘मलाई रुघाखोकी अलिक नराम्रोसँग लाग्यो । तर, मलाई रुघाखोकी यसो के हाच्छ्यु गरेको देख्यो भने आईसीयूको भेन्टिलेटरमा राखेको, आईसीयूमा अक्सिजन माक्स लगाएको फोटो आईहाल्छ । तपाईहरुले पनि देख्नुभयो होला । तपाईहरुले पनि सुन्नुभयो होला । मलाई रुघा लागेको थियो ।

अहिले पनि राम्ररी निको भइसकेको छैन् । एन्टिबायोटिक खाँदा अलिक विक बनाएको छ । कमजोर बनाएको छ । कुरा त्यति हो’ उनले भने । ओलीले जे आशले साथीहरुले भ्रम फैलाएको भएपनि त्यो नपुग्ने बताए । ‘जे आशमा साथीहरुले ती तस्बीर देखाउँछन् । तर, त्यो पुग्नेवाला छैन् । त्यतापट्टी अहिले म जान चाहन्न’ ओलीले भने । चिसोका कारण तीन चार दिनदेखि बालुवाटारमा आराम गरिरहेका ओली आजबाट मात्र सार्वजनिक कार्यक्रममा जान लागेका हुन् । यसअघि चिकित्सकको सल्लाहमा ओली चार दिनसम्म आराम गरेर बसेका थिए ।

भक्तपुर समाचारदाता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search