Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

“जनकपुरमा एसईई परीक्षा सुरु भएको एक घण्टामा प्रश्नपत्र ‘आउट'”

Advertisement

-काठमाण्डौ समाचारदाता

०७ चैत्र २०८१, काठमाडौं । जनकपुरमा आजदेखि सुरु भएको माध्यामिक शिक्षा परीक्षा (एसईई) को अङ्ग्रेजी विषयको प्रश्नपत्र एक घण्टामा बाहिरिएको घटना सार्वजनिक भएको छ। प्रश्नपत्र सामाजिक सञ्जालमार्फत् बाहिरिएको जानकारी प्राप्त भएको छ, तर कुन परीक्षा केन्द्रबाट प्रश्नपत्र आउट भएको हो भन्ने भने अहिलेसम्म खुलाइएको छैन।

यस वर्षको एसईई परीक्षा आजदेखि सुरु भएको हो, र पहिलो दिन अंग्रेजी विषयको परीक्षा चलिरहेको छ। परीक्षा एक घण्टामा प्रश्नपत्र आउट भएपछि परीक्षा सुरक्षा र प्रक्रिया सम्बन्धी गम्भीर प्रश्न उठेको छ।

परीक्षाका अधिकृतहरू र प्रशासनिक निकायले घटना बारे अनुसन्धान थालेका छन्। यसबारे परीक्षा नियन्त्रण कार्यालयका अधिकारीहरूले भने, “हामी यस घटनामा संलग्न पक्षको पहिचान गर्न अनुसन्धान गरिरहेका छौं।”

जनकपुरका विभिन्न परीक्षा केन्द्रमा परीक्षा भइरहेको समयमा यस किसिमको घटना घट्नुले परीक्षा प्रणालीको सुरक्षा र प्रशासनिक प्रक्रियामा सुधारको आवश्यकता औंल्याएको छ। यद्यपि, अन्य केन्द्रमा परीक्षा सामान्य र शान्तिपूर्ण रुपमा सञ्चालन भइरहेको जनाइएको छ।

केही छिटपुट घटनाबाहेक, एसईई परीक्षा देशभर शान्तिपूर्ण वातावरणमा भइरहेको खबर प्राप्त भएको छ। परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले जानकारी दिएको छ कि यस वर्षको परीक्षा समुचित र व्यवस्थित तरिकामा संचालन भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search