Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

Day: २०८१ चैत्र ७, बिहीबार

तामाकोसीमा पौडी खेल्ने क्रममा एसईई परीक्षार्थीको डुबेर मृत्यु

तामाकोसीमा पौडी खेल्ने क्रममा एसईई परीक्षार्थीको डुबेर मृत्यु

दोलखा, ०७  चैत्र २०८१ – एसईई परीक्षा दिएर पौडी खेल्न गएका एक विद्यार्थीको तामाकोशी नदीमा डुबेर मृत्यु भएको छ। मृत्यु हुनेमा विगु गाउँपालिका –२ ओराङका १७ वर्षीय प्रविण तामाङ रहेका छन्। उनी देवलिङ्गेश्वर माविमा कक्षा १० मा अध्ययनरत थिए। घटना आज बिहानको हो, जब प्रविण तामाङ साथीहरूसँग एसईई परीक्षा दिएर तामाकोशी नदीको किनारमा पौडी खेल्न गएका थिए। सो क्रममा अचानक नदीले बगाएर उनलाई तान्दै लगे। घटनास्थलमा उनको साथी सोनाम तामाङ उपस्थित थिए र उनीहरूले तुरुन्तै प्रहरीलाई जानकारी दिएका थिए। प्रहरी टोली घटनास्थलमा खटिएको छ र घटनाको थप विवरण प्राप्त गर्नका लागि अनुसन्धान भइरहेको छ। दोलखाका प्रहरी प्रवक्ता, प्रहरी निरिक्षक ईन्स्पेक्टर…
Read More
“महायज्ञका नाममा डोम समुदायको घर भत्काइयो, गाउँपालिका अध्यक्षको संलग्नता: जीवन परियार”

“महायज्ञका नाममा डोम समुदायको घर भत्काइयो, गाउँपालिका अध्यक्षको संलग्नता: जीवन परियार”

-काठमाण्डौ समाचारदाता ०७ चैत्र २०८१, काठमाण्डौ ।  सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ मा विष्णु महायज्ञ गर्ने नाममा डोम समुदायका व्यक्तिहरूलाई उठिवास गरिएका छन् भन्ने आरोप नेपाली कांग्रेसका सांसद जीवन परियारले लगाएका छन्। प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै परियारले उक्त घटनामा सिरहा र जनमत पार्टीका नेताहरूको संलग्नता रहेको दाबी गरे। उनले, "औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका समिति अध्यक्ष दिलीप यादवसहितका व्यक्तिहरूले डोम समुदायका व्यक्तिहरूलाई उठिवास गर्ने काम गरेका छन्। यस घटनाको घोर भर्त्सना गर्दछु," भने। परियारका अनुसार, मधेस प्रदेश सरकारले पाँच वर्षअघि डोम समुदायका लागि दुई कोठे घर निर्माण गरिदिएको थियो, तर ती घरहरू भत्काइएर सो…
Read More
“जनकपुरमा एसईई परीक्षा सुरु भएको एक घण्टामा प्रश्नपत्र ‘आउट'”

“जनकपुरमा एसईई परीक्षा सुरु भएको एक घण्टामा प्रश्नपत्र ‘आउट'”

-काठमाण्डौ समाचारदाता ०७ चैत्र २०८१, काठमाडौं । जनकपुरमा आजदेखि सुरु भएको माध्यामिक शिक्षा परीक्षा (एसईई) को अङ्ग्रेजी विषयको प्रश्नपत्र एक घण्टामा बाहिरिएको घटना सार्वजनिक भएको छ। प्रश्नपत्र सामाजिक सञ्जालमार्फत् बाहिरिएको जानकारी प्राप्त भएको छ, तर कुन परीक्षा केन्द्रबाट प्रश्नपत्र आउट भएको हो भन्ने भने अहिलेसम्म खुलाइएको छैन। यस वर्षको एसईई परीक्षा आजदेखि सुरु भएको हो, र पहिलो दिन अंग्रेजी विषयको परीक्षा चलिरहेको छ। परीक्षा एक घण्टामा प्रश्नपत्र आउट भएपछि परीक्षा सुरक्षा र प्रक्रिया सम्बन्धी गम्भीर प्रश्न उठेको छ। परीक्षाका अधिकृतहरू र प्रशासनिक निकायले घटना बारे अनुसन्धान थालेका छन्। यसबारे परीक्षा नियन्त्रण कार्यालयका अधिकारीहरूले भने, "हामी यस घटनामा संलग्न पक्षको पहिचान…
Read More
दोलखा होटल तथा पर्यटन व्यवसायी संघको ५औं साधारण सभा र ३औं अधिवेशन सम्पन्न

दोलखा होटल तथा पर्यटन व्यवसायी संघको ५औं साधारण सभा र ३औं अधिवेशन सम्पन्न

-महेन्द्र श्रेष्ठ दोलखाः होटल तथा पर्यटन व्यवसायी संघ नेपाल, बागमती प्रदेशको पाचौं साधारण सभा तथा तेस्रो अधिवेशन नेतृत्व चयन गर्दै सम्पन्न भएको छ । सदरमुकाम चरिकोटमा मंगलवार सुरु भएको साधारण सभा तथा अधिवेशन दामोदर नेपालको नेतृत्वमा नयाँ कार्यसमिति गठन गर्दै सम्पन्न भएको हो ।   संघको निर्वाचन समितिले जनाए अनुसार दामोदर नेपालको अध्यक्षतामा सर्वसम्मतरुपमा १८ सदस्यीय कार्य समिति सर्वसम्मत रुपमा चयन गरिएको छ । कार्य समितिका अन्य पदाधिकारीहरुमा बरिष्ठ उपाध्यक्षमा श्याम कुमार भालु, प्रथम उपाध्यक्ष निष्पु सर्राफ, द्वितीय उपाध्यक्ष राजकुमार श्रेष्ठ, महासचिव सुनिल अर्याल, सचिव हरिगोपाल सापकोटा, सह–सचिव रामकृष्ण बस्नेत, कोषाध्यक्ष विनोद लामिछाने तथा सह–कोषाध्यक्षमा ललितजंग सिंह निर्विरोध निर्वाचित हुनु…
Read More
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search