Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

“महायज्ञका नाममा डोम समुदायको घर भत्काइयो, गाउँपालिका अध्यक्षको संलग्नता: जीवन परियार”

Advertisement

-काठमाण्डौ समाचारदाता

०७ चैत्र २०८१, काठमाण्डौ ।  सिरहाको औरही गाउँपालिका वडा नम्बर ५ मा विष्णु महायज्ञ गर्ने नाममा डोम समुदायका व्यक्तिहरूलाई उठिवास गरिएका छन् भन्ने आरोप नेपाली कांग्रेसका सांसद जीवन परियारले लगाएका छन्।

प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै परियारले उक्त घटनामा सिरहा र जनमत पार्टीका नेताहरूको संलग्नता रहेको दाबी गरे। उनले, “औरही गाउँपालिका अध्यक्ष शिवजी यादव र जनमत पार्टीका गाउँपालिका समिति अध्यक्ष दिलीप यादवसहितका व्यक्तिहरूले डोम समुदायका व्यक्तिहरूलाई उठिवास गर्ने काम गरेका छन्। यस घटनाको घोर भर्त्सना गर्दछु,” भने।

परियारका अनुसार, मधेस प्रदेश सरकारले पाँच वर्षअघि डोम समुदायका लागि दुई कोठे घर निर्माण गरिदिएको थियो, तर ती घरहरू भत्काइएर सो ठाउँमा महायज्ञ सञ्चालन गर्ने तयारी भइरहेको छ। यसबाट डोम समुदायमा विरोध र असन्तोषको माहौल सिर्जना भएको छ।

डोम समुदायका जनतालाई उठिवास गरेर महायज्ञका लागि उनीहरूको घर भत्काउने कामले समाजमा भेदभाव र असमानताको ज्वाला प्रज्वलित गरेको परियारले उल्लेख गरे।

यसो गर्दै परियारले आरोप लगाएका छन् कि यो घटना प्रचलित जातीय भेदभावको संकेत हो र यसले समाजमा सामाजिक असमानता र भेदभावका समस्याहरूलाई अझै बलियो बनाउने खतरा पैदा गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search