Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

वैतेश्वर गाउँपालिकाको निर्देशन: सामुदायिक विद्यालयहरु वैशाख ९ गते देखि नियमित कक्षा सञ्चालनमा ल्याउनुपर्ने

Advertisement

दोलखा, वैशाख ८, २०८२ – वैतेश्वर गाउँपालिकाले सामुदायिक विद्यालयहरुलाई भोलिदेखि नियमित रुपमा कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै  शिक्षकहरुलाई आ-आफ्ना विद्यालय फर्केर पठनपाठन सुरु गर्न आग्रह गरेको हो।

गाउँपालिकाका अध्यक्ष छवि लामाले बालबालिकाको पढ्न पाउने मौलिक हकलाई प्राथमिकतामा राख्दै तत्काल शिक्षण कार्य सुरु गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। अध्यक्ष लामाका अनुसार, चैत २० गतेदेखि शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण लगायतका शैक्षिक गतिविधिहरु प्रभावित भएका छन्, जसको प्रत्यक्ष असर बालबालिकाको मनोवैज्ञानिक अवस्थामाथि परेको छ।

“शिक्षा बालबालिकाको अधिकार हो। त्यो अधिकार सुनिश्चित गर्न हामीले यथाशीघ्र कक्षा सञ्चालन गर्न निर्देशन दिएका छौं,” अध्यक्ष लामाले भन्नुभयो।

यसैबीच, काठमाडौंमा जारी शिक्षक आन्दोलनले केन्द्र सरकारसमक्ष विद्यालय शिक्षा ऐन जारी गर्न माग गरिरहेको छ। आन्दोलनरत शिक्षकहरुले शिक्षा प्रणालीमा देखिएका संरचनागत समस्या, शिक्षकको सुरक्षाको प्रत्याभूति र स्थायीत्वका माग राख्दै शान्तिपूर्ण विरोध गर्दै आएका छन्। शिक्षकहरुको आन्दोलन र स्थानीय तहको यस्तो निर्देशनबीच सन्तुलन कायम गर्दै, बालबालिकाको शैक्षिक हितलाई केन्द्रमा राखेर दीर्घकालीन समाधान खोजिनु जरुरी देखिएको छ।

वैतेश्वर गाउँपालिकाको सूचनाः

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search