दोलखा, वैशाख ८, २०८२ – वैतेश्वर गाउँपालिकाले सामुदायिक विद्यालयहरुलाई भोलिदेखि नियमित रुपमा कक्षा सञ्चालन गर्न निर्देशन दिएको छ। गाउँपालिकाले एक सूचना जारी गर्दै शिक्षकहरुलाई आ-आफ्ना विद्यालय फर्केर पठनपाठन सुरु गर्न आग्रह गरेको हो। गाउँपालिकाका अध्यक्ष छवि लामाले बालबालिकाको पढ्न पाउने मौलिक हकलाई प्राथमिकतामा राख्दै तत्काल शिक्षण कार्य सुरु गर्नुपर्ने आवश्यकता औंल्याउनुभयो। अध्यक्ष लामाका अनुसार, चैत २० गतेदेखि शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना, पाठ्यपुस्तक वितरण लगायतका शैक्षिक गतिविधिहरु प्रभावित भएका छन्, जसको प्रत्यक्ष असर बालबालिकाको मनोवैज्ञानिक अवस्थामाथि परेको छ। "शिक्षा बालबालिकाको अधिकार हो। त्यो अधिकार सुनिश्चित गर्न हामीले यथाशीघ्र कक्षा सञ्चालन गर्न निर्देशन दिएका छौं," अध्यक्ष लामाले भन्नुभयो। यसैबीच, काठमाडौंमा जारी…
अभयपुर, दोलखा (२०८१ वैशाख ८) — दोलखाको भीमेश्वर नगरपालिका–२ अन्तर्गत पर्ने अभयपुर सहरमा प्राचीन सांस्कृतिक महोत्सव रातो मच्छिन्द्रनाथको रथ यात्रा भव्य रूपमा समापन भएको छ । करीब छ सय वर्ष पुरानो यो ऐतिहासिक जात्रा चैत्र ३० गते दूध स्नानसहित विधिपूर्वक सुरु गरि र बैशाख ७ गते सम्पन्न भएको हो । ऐतिहासिक महत्त्व र धार्मिक विश्वास यस जात्राको उत्पत्ति वि.सं. १६३८ तिर मानिन्छ । इतिहासकार "यज्ञकुमार प्रधान" का अनुसार राजा नरेन्द्र देवको पालामा नेपालमा लामो खडेरी परेपछि वर्षा गराउने देवता मच्छिन्द्रनाथलाई आसामको कामरूपबाट ल्याएर उपत्यकामा स्थापना गरिएको थियो। गोरखनाथको रिसका कारण भएको वर्षा अभाव मच्छिन्द्रनाथका आगमनपछि अन्त्य भयो भन्ने धार्मिक विश्वास…
२०८१ वैशाख ०८, दोलखा । दोलखाको बैतेश्वर गाउपालिकाको सम्वन्यमा भुमी समस्या सामधान आयोग दोलखाले अभिमुखीकरण तथा अन्तक्रिया कार्यक्रम सम्पन्न गरेको छ। उक्त कार्यक्रममा बैतेश्वर गाउपालिकाको सम्पुर्ण वडाका वडा अध्यक्ष , कार्य पालिका सदस्य र गाउपालिका प्रमुख , प्रमुख प्रशासकिय अधिकृत लगाएत भुमी समस्या सामधान आयोग दोलखाको पदाधिकारीहरुको विशेष उपस्थिति रहेको थियो। कार्यक्रममा बैतेश्वर गाउँ पालिका भित्र रहेको १६ जना भुमिहिन सुकुम्बासी र दलित सुकुम्बासीहरुलाई निस्सा तथा जग्गा बितरणको लागि प्राबिधिक र कानुन पाटो सम्बन्धि छलफल तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न हुनुका साथै कार्यक्रमका प्रमुख अतिथी बैतेश्वर गाउपालिका अध्यक्ष छबिलामाले सरकारको नीति नै बाधक रहेको हुनाले समयमा जग्गा उपलब्ध गर्न नसकीने बताउनु…
