शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

अभयपुरमा ऐतिहासिक र सांस्कृतिक चमक: रातो मच्छिन्द्रनाथको रथयात्रा बैशाख ७ गते सम्पन्न

Advertisement

अभयपुर, दोलखा (२०८१ वैशाख ८) — दोलखाको भीमेश्वर नगरपालिका–२ अन्तर्गत पर्ने अभयपुर सहरमा प्राचीन सांस्कृतिक महोत्सव रातो मच्छिन्द्रनाथको रथ यात्रा भव्य रूपमा समापन भएको छ । करीब छ सय वर्ष पुरानो यो ऐतिहासिक जात्रा चैत्र ३० गते दूध स्नानसहित विधिपूर्वक सुरु गरि र बैशाख ७ गते सम्पन्न भएको हो ।

ऐतिहासिक महत्त्व र धार्मिक विश्वास

यस जात्राको उत्पत्ति वि.सं. १६३८ तिर मानिन्छ । इतिहासकार “यज्ञकुमार प्रधान” का अनुसार राजा नरेन्द्र देवको पालामा नेपालमा लामो खडेरी परेपछि वर्षा गराउने देवता मच्छिन्द्रनाथलाई आसामको कामरूपबाट ल्याएर उपत्यकामा स्थापना गरिएको थियो। गोरखनाथको रिसका कारण भएको वर्षा अभाव मच्छिन्द्रनाथका आगमनपछि अन्त्य भयो भन्ने धार्मिक विश्वास रहिआएको छ ।

मूलतः श्री आर्यावलोकितेश्वर (बौद्ध परम्परा अनुसार) मानिने मच्छिन्द्रनाथको मूर्तिमा सुनको प्रभा रहेको छ, जुन वि.सं. १६३८ को समयको प्रमाणस्वरूप मूर्तिमा कुँदिएको छ।

जात्राको सञ्चालन र टोल–टोलको यात्रा
रथयात्रा चैत्र ३० गते दूध स्नान पश्चात सुरु भइ बैशाख १ गते पिङ्गल टोलमा रथमा मूर्ति राखेपछि मात्र औपचारिक रूपमा यात्रा सुआरम्भ भएको थियो । समाजसेवी श्रणकुमार प्रधानका अनुसार यसपालि रथले निम्न स्थानहरूमा यात्रा गरेको छ:

  • बैशाख १ गते: पिङ्गल टोलबाट नक्छे टोलसम्म
  • बैशाख २ गते: नक्छे टोलबाट श्यामसन्दुर टोलसम्म
  • बैशाख ३ गते: श्यामसन्दुर टोलबाट टसिचा टोलसम्म
  • बैशाख ४ गते: टँसिचा हुँदै माथिल्लो टोलसम्म, जहाँ उकालो बाटो पार गर्नु पर्ने भएकाले विशेष धार्मिक महत्व राख्दछ
  • बैशाख ५ गते: माथिल्लो टोलबाट दुङ्गल
  • बैशाख ६ गते: दुङ्गलबाट पुनः पिङ्गल
  • बैशाख ७ गते: पिङ्गलबाट डाकलुङ्गा टोलमा भित्र्याएर जात्रा सम्पन्न भएको छ ।

स्थानीय सहभागिता र सांस्कृतिक उत्सव
भीमेश्वर न.पा. वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठका अनुसार “मच्छिन्द्रनाथको रथ आफ्नो टोलमा पुग्ने बित्तिकै स्थानीय बासिन्दाले घरआँगनमै पूजा–आराधना गर्दै स्वागत गर्ने परम्परा रहिआएको छ। रथयात्राका क्रममा विशेष सांस्कृतिक कार्यक्रम, पूजापाठ र सामूहिक भोजको पनि आयोजना हुने गर्छ ।
रथ यात्रा मात्र नभई, यो जात्रा अभयपुरको सामूहिक एकता, सांस्कृतिक जगेर्ना र धार्मिक आस्थाको प्रतिक हो। हरेक वर्षजसो यो उत्सवले नयाँ पुस्तामा परम्परा र संस्कृतिको मर्म गहिरो बनाइरहेको छ ।”

रथ यात्राको समापन कार्यक्रमसँगै, अभयपुर सहर एकपटक फेरि आफ्नो सांस्कृतिक पहिचानलाई उजागर गर्दै इतिहास र आस्थाको संगम स्थल बनेको छ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण

राताे मच्छिन्द्रनाथ दर्शन : परम्परा, आस्था र सांस्कृतिक एकताको पुनःस्मरण काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल अभ...
निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित

निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित

निःशुल्क मोतिबिन्दु शल्यक्रिया शिविर सम्पन्न, ४७ जना बिरामी लाभान्वित सिन्धुली — नेपाल रेडक्रस सोसाइटीको आयोजनामा सामुदायिक आँख...
अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल

अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल

अभयपुरको मुटुमा झल्किएको परम्परा, सम्झनामा बाँचेको बाल्यकाल महेन्द्र श्रेष्ठ अभयपुर, दोलखा बजारको सांस्कृतिक धड्कन झल्काउने यो त...
अन्तरक्रिया कार्यक्रम सम्पन्न, ऋण असुली व्यवस्थापनमा कडाइ गर्ने सहमति

अन्तरक्रिया कार्यक्रम सम्पन्न, ऋण असुली व्यवस्थापनमा कडाइ गर्ने सहमति

दोलखा — ६८औँ स्थापना दिवस तथा ६३औँ राष्ट्रिय सहकारी दिवसको अवसर पारेर भीमेश्वर नगरपालिका–२ मा सहकारी संस्थाहरूबीच बृहत् अन्तरक्रिय...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search