Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

नेकपा एमालेका नेता इन्द्र प्रसाद सुवेदी सम्मानित

Advertisement

भीमेश्वर, दोलखा । नेकपा (एमाले) भीमेश्वर नगरपालिका वडा नं. २ वडा कमिटीले पार्टीका वरिष्ठ नेता, जेष्ठ नागरिक तथा पूर्व जनप्रतिनिधि इन्द्र प्रसाद सुवेदीलाई सम्मान गरेको छ। लामो समयदेखि पार्टी निर्माण तथा सामाजिक क्षेत्रमा पुर्याएको योगदानको उच्च मूल्याङ्कन गर्दै उहाँलाई दोसल्ला ओढाई सम्मान गरिएको हो।

उक्त सम्मान समारोहमा नेकपा (एमाले) दोलखा जिल्ला कमिटी अध्यक्ष नर बहादुर श्रेष्ठ प्रमुख अतिथि रहनुभएको थियो। साथै कार्यक्रममा जिल्ला कमिटी सचिवालय सदस्य ज्ञानेन्द्र प्रधान, नेपाल महिला संघकी जिल्ला अध्यक्ष मेनुका सुवेदी, वडा नं. २ का वडाध्यक्ष स्टालिन श्रेष्ठ, वडा सचिव रमेश श्रेष्ठ लगायत नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा नेताहरूले सुवेदीले पार्टीको जटिल समयदेखि हालसम्म पुर्याएको योगदान स्मरण गर्दै उहाँजस्तो नेतृत्वदायी व्यक्तित्वबाट प्रेरणा लिनुपर्ने आवश्यकता औंल्याएका थिए। वडाध्यक्ष स्टालिन श्रेष्ठले पार्टीको मार्गनिर्देशन र सल्लाह सुझाव प्रदान गर्ने व्यक्तित्वसँगको निरन्तर सम्पर्कले आफूहरू झनै उत्साहित र प्रतिबद्ध भएको बताउनुभयो।

सुवेदीलाई सम्मान गर्दै पार्टीले उहाँको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ।

झलकः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search