Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

सामुदायिक वन उपभोक्ता महासंघ बागमती प्रदेशको दोस्रो परिषद्

Advertisement

शंख ध्वनि समचार दाता काठमाडौं

सामुदायिक वन उपभोक्ता महासंघ नेपाल, बागमती प्रदेशको दोस्रो प्रदेश परिषद् काठमाडौं भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको प्रमुख अतिथि बागमती प्रदेश सरकारका वन तथा वातावरण मन्त्री कृष्ण सिलवाल रहनु भयो थियो भने भगवती प्रदश अध्यक्षता महासंघका अध्यक्ष विनोद सापकोटाले गर्नुभयो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मन्त्री सिलवालले सामुदायिक वन समुदायकै सम्पत्ति भएकाले त्यसको संरक्षण, व्यवस्थापन र दिगो उपयोगमा सबैको साझा जिम्मेवारी रहेको बताउनुभयो।

उहाँले समुदायमा आधारित वन व्यवस्थापनलाई थप व्यवस्थित गर्दै नागरिकको जीवनस्तर उकास्ने गरी आयआर्जनका कार्यक्रम सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो। साथै, वन नीति निर्माणको प्रक्रियामा महासंघसँग समन्वय गरी अघि बढ्न सरकार प्रतिबद्ध रहेको बताउँदै उहाँले अराजकता, अव्यवस्था र अनियमितता अन्त्य गर्न संवाद र सहकार्यमार्फत समाधान खोजिनुपर्ने धारणा राख्नुभयो। महासंघका अध्यक्ष विनोद सापकोटाले सामुदायिक वन जनताले हुर्काएको सम्पत्ति भएको हुँदा यसमा अरू कसैको अनावश्यक हस्तक्षेप हुन नहुने स्पष्ट पार्नुभयो। उहाँले वनको संरक्षण, विकास र न्यायोचित उपयोग सन्दर्भमा सरकारको ध्यान दिनुपर्नेमा जोड दिँदै वनको दिगो विकासका लागि सरकार र महासंघबीच सहकार्य आवश्यक रहेको बताए।

कार्यक्रमको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ, बागमती प्रदेशले सामुदायिक वनसम्बन्धी समस्या, सुधारका आवश्यकताका लागि नीति तथा कार्यक्रमका लागि सुझावहरू समेटिएको ज्ञापनपत्र प्रदेश सरकारका वन तथा वातावरण मन्त्री सिलवाललाई बुझाएको छ। कार्यक्रममा सामुदायिक वन उपभोक्ता महासंघ नेपालका वरिष्ठ उपाध्यक्ष वृख्र बहादुर शाही, महासचिव पार्वता गौतम, सचिवालय सदस्य नारायण नेपाल, फरेस्ट एक्सन नेपाल, रिकफ्ट नेपाल, वन पैदावार उद्योग व्यवसायी संघ लगायतका प्रतिनिधि तथा १३ वटै जिल्लाबाट आएका जिल्ला अध्यक्षहरू, स्थानीय महासंघका अध्यक्ष तथा प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search