Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

क्षमता विकास तथा उद्घोषण तालिम: ७ दिनको यात्रा पूर्ण

Advertisement

२०८२ जेष्ठ २४, दोलखा । भीमेश्वर नगरपालिका–२, फुलपा स्थित शंख ध्वनि मिडियाको आयोजनामा र वडा नम्बर २ को आर्थिक सहयोगमा २०८२ जेठ १५ मा सुरू भइ जेठ २२ गते सम्मको सात दिने क्षमता विकास तथा उद्घोषण तालिम सम्पन्न भएको छ।

महिला दिदीबहिनीहरूको व्यक्तित्व तथा नेतृत्व विकास गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा महिला र पुरुष दुवैको सक्रिय सहभागिता रहेको थियो। सात दिनसम्म सञ्चालन भएको तालिममा उद्घोषणकला, सकारात्मक सोच, सामाजिक सञ्जालको प्रयोग, साइबर सुरक्षाबारे चेतना, फोटोग्राफी, लेखन कला, र नेतृत्व विकाससम्बन्धी विषयमा सहभागीहरूले प्रशिक्षण प्राप्त गरेका थिए।

प्रशिक्षकहरूको विवरण र विषयगत प्रशिक्षण:

तालिममा विभिन्न क्षेत्रका अनुभवी प्रशिक्षकहरूले सहभागीहरूलाई व्यावहारिक ज्ञान तथा उत्प्रेरणादायी प्रशिक्षण प्रदान गरेका थिए:

  • जीवन लामा — नेपाल पत्रकार महासंघ, दोलखाका पूर्व अध्यक्ष: फोटोग्राफीमा ध्यान दिनुपर्ने पक्षहरू, सन्देशमूलक दृश्य निर्माण, र सञ्चारको प्रभावकारिता विषयक प्रशिक्षण।

  • सुन्दर खड्का — उद्घोषण कला प्रशिक्षक: स्वर प्रयोग, शब्द चयन, मञ्च सञ्चालनका सीप तथा सफल उद्घोषक बन्ने आधारभूत तत्वहरूमा प्रशिक्षण।

  • प्रबिन प्रधान — डिजिटल सुरक्षा प्रशिक्षक: सामाजिक सञ्जालको सुरक्षित प्रयोग, साइबर क्राइमबाट जोगिने उपाय, र डिजिटल मर्यादा विषयक जानकारी।

  • दिल सागर — लेखन कला प्रशिक्षक: सृजनात्मक लेखन, लेखनशैली सुधारका उपाय र अभिव्यक्तिको सशक्तता सम्बन्धी अभ्यास।

  • शिबजी प्रधान — पत्रकार तथा विश्लेषक: दोलखाको समसामयिक अवस्था, सामाजिक परिवेश र सञ्चारको भूमिका सम्बन्धी सत्र।

समापन सत्रमा प्रमुख अतिथि उप–मेयर कमला बस्नेतले महिलाहरूको व्यक्तित्व विकास र नेतृत्व क्षमतामा केन्द्रित यस्ता तालिमहरू नगरपालिकाले प्राथमिकताका साथ अगाडि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले महिलाको सहभागिता बिना समावेशी विकास सम्भव नहुने उल्लेख गर्दै, नगरपालिकाबाट आवश्यक सबै सहयोग निरन्तर रहने बताउनुभयो।

वडा नम्बर २ का अध्यक्ष स्टालिन श्रेष्ठले तालिममा सहभागी महिला दिदीबहिनीहरूको सक्रियता र इच्छाशक्तिको प्रशंसा गर्दै टोल र समुदायको समृद्धिमा उहाँहरूको योगदान अमूल्य रहेको बताउनुभयो । उहाँले दिदीबहिनीहरूबाट प्राप्त सुझाव र सल्लाहलाई वडा सञ्चालनका मार्गदर्शनको रूपमा लिन तयार रहेको उल्लेख गर्नुभयो।

समापन सत्रमा सहभागी सावित्री खत्रीले कार्यक्रम सञ्चालन गर्नुभएको थियो भने शंख ध्वनी मिडियाका टिम सहजकर्ता निर्जला आचार्यले तालिमको उद्देश्य, महत्त्व र प्रभावबारे धारणा राख्नुभयो । उहाँले यस्ता तालिमहरूले महिलाहरूको आत्मविश्वास, ज्ञान र नेतृत्व क्षमतामा सकारात्मक प्रभाव पार्ने विश्वास समेत व्यक्त गर्नुभयो ।

कार्यक्रममा फुलपा प्रा.वि. का अध्यक्ष बद्रि दाहाल, वडा सदस्य सबिना विक, आयुर्वेदिक औषधि ल्याबका अध्यक्ष राजन बस्नेत, आयोजक बिनु श्रेष्ठ, र प्रधानाध्यापक हरिनारायण श्रेष्ठलगायतले तालिमको सफल आयोजनामा शुभकामना व्यक्त गर्नुभयो । उहाँहरूले शंख ध्वनि मिडियाको सक्रियता र सामाजिक उत्तरदायित्वप्रति प्रतिबद्धता व्यक्त गर्दै आगामी दिनमा पनि सहयोग रहने प्रतिवद्धता जनाउनुभयो।

तालिमका केही झलकः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search