२०८२ जेष्ठ २४, दोलखा । भीमेश्वर नगरपालिका–२, फुलपा स्थित शंख ध्वनि मिडियाको आयोजनामा र वडा नम्बर २ को आर्थिक सहयोगमा २०८२ जेठ १५ मा सुरू भइ जेठ २२ गते सम्मको सात दिने क्षमता विकास तथा उद्घोषण तालिम सम्पन्न भएको छ। महिला दिदीबहिनीहरूको व्यक्तित्व तथा नेतृत्व विकास गर्ने उद्देश्यले आयोजना गरिएको तालिममा महिला र पुरुष दुवैको सक्रिय सहभागिता रहेको थियो। सात दिनसम्म सञ्चालन भएको तालिममा उद्घोषणकला, सकारात्मक सोच, सामाजिक सञ्जालको प्रयोग, साइबर सुरक्षाबारे चेतना, फोटोग्राफी, लेखन कला, र नेतृत्व विकाससम्बन्धी विषयमा सहभागीहरूले प्रशिक्षण प्राप्त गरेका थिए। प्रशिक्षकहरूको विवरण र विषयगत प्रशिक्षण: तालिममा विभिन्न क्षेत्रका अनुभवी प्रशिक्षकहरूले सहभागीहरूलाई व्यावहारिक ज्ञान तथा उत्प्रेरणादायी…
-निर्जला आचार्य भुमी समस्या सामाधान आयोग दोलखाले भुमीहिन सुकुमबासी , भुमीहिन दलित, र अब्यबस्थीत बसोबासी सम्बन्धमा तामाकोशी गाउपालिकामा अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा तामाकोसी गाउपालिकाको प्रमुख प्रोणप्रताप केसी , विशेष अतिथि उप प्रमुख सिर्जना सुबेदि लगाएत पालिकाको वडा अध्यक्षहरु र गाउकार्य पालिकाको सदस्यहरुको विशेष उपस्थित रहेको थीयो। तामाकोसी गाउपालिकामा भुमीहिन सुकुम्बासी र दलित सुकुम्बासी न्यून रुपमा रहेको र अब्यबस्थीत बसोबासीहरुको समस्या बढ्दो अबस्थामा रहेको पालिका प्रमुख केसी बताउनु हुन्छ। अर्को तर्फ अब्यबस्थीत बसोबासी समयमा नै ब्यबस्थापन गर्न भुमी समस्या सामाधान आयोग दोलखालाई अनुरोध गर्नु भएको कुरा अध्यक्ष श्रेष्ठले बताउनु भयो।उक्त अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम…
