Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

दोलखा सदरमुकामको चोकबाट सडक अतिक्रमण हटाइयो, दुर्घटनाको जोखिम न्यूनीकरणमा सहायता

Advertisement
तस्विरः सामाजिक संजाल

दोलखा, चरिकोट — दोलखा सदरमुकाम चरिकोटको मुख्य चोकमा फुटपाथ मात्र नभई सडक नै अवरुद्ध हुने गरी राखिएका फलफूल तथा तरकारी पसल हटाइएको छ। सडक सुरक्षालाई ख्याल गर्दै गरिएको यस अभियानमा दोलखा ट्राफिक कार्यालयका प्रमुख ठाकुर भट्टराईको नेतृत्वमा ट्राफिक टोलीले विशेष भूमिका खेलेको छ।

सडक अतिक्रमणका कारण सवारी सञ्चालनमा समस्या हुनुका साथै कुनै पनि बेला दुर्घटना हुनसक्ने अवस्था सिर्जना भएको थियो। सो अवस्थालाई गम्भीर रूपमा लिएर पहल गरेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालप्रति समेत स्थानीयले आभार व्यक्त गरेका छन्।

यस अभियानले चरिकोट बजार क्षेत्रमा सवारी आवागमनलाई सहज बनाउनुका साथै सार्वजनिक सुरक्षालाई प्राथमिकता दिएको स्पष्ट भएको छ। समयमै अतिक्रमण नहटाइएको भए, कुनै ठूलो दुर्घटना निम्तिन सक्ने सम्भावना स्थानीयवासीहरूले औंल्याएका छन्।

सडक सुरक्षाप्रति संवेदनशीलता जनाउँदै ट्राफिक कार्यालय र प्रशासनको संयुक्त पहलले बजार क्षेत्रलाई थप व्यवस्थित बनाउने अपेक्षा गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
2
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

९८ वर्षमा पनि रोकिएन कर्णबहादुरको श्रम, मंसिरको चटारोमा धान थन्क्याउँदै बाँसको बाकरी बुन्दै

९८ वर्षमा पनि रोकिएन कर्णबहादुरको श्रम, मंसिरको चटारोमा धान थन्क्याउँदै बाँसको बाकरी बुन्दै

९८ वर्षमा पनि रोकिएन कर्णबहादुरको श्रम, मंसिरको चटारोमा धान थन्क्याउँदै बाँसको बाकरी बुन्दै। महेन्द्र श्रेष्ठ / दोलखा दोलखा / उम...
वर्षा र प्रतिकूल मौसमलाई चुनौती दिँदै सिन्धुलीमा १४१ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया सम्पन्न।

वर्षा र प्रतिकूल मौसमलाई चुनौती दिँदै सिन्धुलीमा १४१ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया सम्पन्न।

वर्षा र प्रतिकूल मौसमलाई चुनौती दिँदै सिन्धुलीमा १४१ जनाको निःशुल्क मोतिबिन्दु शल्यक्रिया सम्पन्न। सिन्धुली । बाहिर निरन्तर वर्षा...
प्रतिकूल मौसमका बाबजुद सिन्धुलीमा ८९ जना मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया।

प्रतिकूल मौसमका बाबजुद सिन्धुलीमा ८९ जना मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया।

प्रतिकूल मौसमका बाबजुद सिन्धुलीमा ८९ जना मोतिबिन्दुका बिरामीको निःशुल्क शल्यक्रिया। सिन्धुली । प्रतिकूल मौसमका बाबजुद नेपाल रेडक्...
स्व. कुलमणी आचार्यको सम्झनामा रेडक्रस सिन्धुलीको श्रद्धाञ्जली सभा।

स्व. कुलमणी आचार्यको सम्झनामा रेडक्रस सिन्धुलीको श्रद्धाञ्जली सभा।

स्व. कुलमणी आचार्यको सम्झनामा रेडक्रस सिन्धुलीको श्रद्धाञ्जली सभा। महेन्द्र श्रेष्ठ / दाेलखा सिन्धुली । नेपाल रेडक्रस सोसाइटी सि...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search