Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

वर्षायाममा गाउँ जान कठिन, भीमेश्वर–२ ले राजधानीमै सेवा

Advertisement

दोलखा, भदौ १४ –गाउँबाट शहर केन्द्रित भएका वडावासीहरूलाई सेवा प्रदान गर्न भीमेश्वर नगरपालिका–२ का जनप्रतिनिधि र कर्मचारी काठमाडौँ पुगेका छन्।

गाउँमै पुगेर सेवा लिन कठिनाईमा परेका वडावासीलाई सुविधा पुर्‍याउन वडा अध्यक्ष स्टालीन श्रेष्ठ, वडा सचिव बिना श्रेष्ठ लगायतका कर्मचारी टोली काठमाडौँ आएर सेवा प्रवाह गरेका हुन्।

वर्षाको समयमा विशेषगरी वृद्धवृद्धा तथा अशक्त नागरिकलाई गाउँसम्म पुगेर सामाजिक सुरक्षा भत्ता कार्ड नवीकरण लगायतका काम गर्न असहज हुने भएकाले राजधानीमै सेवा दिने निर्णय गरिएको वडा अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो। उहाँले भन्नुभयो, “भीमेश्वर नगरपालिकाका दुई वडाले राजधानीबाट सेवा प्रवाह गरिसकेका छन्, बाँकी वडामा पनि यो प्रक्रिया भइरहेको छ। काठमाडौँमा तीन दिनसम्म शिविर सञ्चालन हुनेछ।”

सामाजिक सुरक्षा भत्ता पाउने लाभग्राहीहरूको नामावली नवीकरण, जन्मदर्ता, नाता प्रमाणित, विभिन्न सिफारिस लगायतका सेवा उपलब्ध गराउन घुम्ती शिविर सञ्चालन गरिएको हो। यसमा वडा सचिव बिना श्रेष्ठ, सचिव कविता न्यौपानेसहितका कर्मचारी सहभागी छन्।

छोराछोरी रोजगारका लागि राजधानीमा बसोबास गर्न थालेपछि आमाबाबु पनि सँगै बस्नुपर्ने अवस्था भएकाले अधिकांश वृद्धवृद्धा हाल राजधानीमै बस्दै आएका छन्। त्यही कारण वडाको सेवा राजधानीमै सञ्चालन गरिएको वडा सचिव बिना श्रेष्ठले बताउनुभयो।

हरेक वर्ष भत्ताका लागि ‘बायोमेट्रिक’ सहित लाभग्राही सूची नवीकरण अनिवार्य हुने भएकाले गाउँमा नाम भए पनि शहरमा बसोबास गर्ने ज्येष्ठ नागरिक, अशक्त तथा बिरामी लाभग्राहीहरूलाई वर्षायाममा गाउँसम्म जान कष्टसाध्य हुने भएको हुँदा जनप्रतिनिधि र कर्मचारी नै शहर झरेर सेवा प्रवाह गर्न थालेको वडा नं. २ ले जनाएको छ।

वडा अध्यक्ष श्रेष्ठले भन्नुभयो, “वर्षाको समयमा गाउँमा पुग्न कठिन हुने भएकाले हामी सम्पूर्ण सेवा यही काठमाडौँबाट प्रदान गर्न आएका हौं।”

यस सेवाबाट लाभान्वित भएका नेगल, डाँडागाउँ, साक्लो, मातनदिल, चक्प, तिखातल, दोलखा बजारलगायतका टोलका सेवाग्राही खुसी भएका छन्। नेकपा (एमाले) वडा नं. २ कमिटीका कार्यवाहक अध्यक्ष शान्त श्रेष्ठले “गाउँको सेवा राजधानीमै पाएपछि स्थानीयहरू निकै सहज र खुसी भएका छन्,” भन्दै धन्यवाद ज्ञापन गर्नुभयो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search