Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

कार्यालयमा विशेष चियापान कार्यक्रम आयोजना गर्ने

Advertisement

शनिवार, कार्तिक १ गते विहान ७:३० बजे पार्टी कार्यालयमा विशेष चियापान कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टीभित्रको संगठनात्मक एकता, सहकार्य, सद्भाव र आपसी भेटघाटको भावना सुदृढ पार्ने उद्देश्यले यो कार्यक्रम तय गरिएको हो।

कार्यक्रमको तयारीबारे जानकारी दिँदै भीमेश्वर नगर कमिटीका अध्यक्ष भोला खतीवडाले भन्नुभयो, “एमाले परिवारबीचको आपसी सम्बन्ध र एकतालाई थप सुदृढ बनाउँदै सबैलाई एउटै मंचमा ल्याउने हाम्रो उद्देश्य हो। यस कार्यक्रमले संगठनमा नयाँ ऊर्जा र प्रेरणा थप्ने विश्वास लिएको छ।”

कार्यक्रममा नेकपा (एमाले) का विभिन्न तहका नेता–कार्यकर्ता, अन्य मुख्य राजनीतिक दलका प्रतिनिधिहरू, जिल्लास्तरीय सरकारी कार्यालयका प्रमुखहरू, जनप्रतिनिधि, समाजसेवी तथा शुभेच्छुकहरू सहभागी हुने अपेक्षा गरिएको छ।

भीमेश्वर नगर कमिटीले यो कार्यक्रमलाई एकता, सद्भाव र सहकार्यको प्रतीकका रूपमा लिने तयारी गरेको छ। कार्यक्रमले राजनीतिक संवाद, आपसी सन्देश आदान–प्रदान र सामाजिक सहकार्यको वातावरण निर्माण गर्न सहयोग पुर्‍याउने विश्वास लिइएको छ।

अध्यक्ष भोला खतीवडाले सम्पूर्ण कार्यकर्ता, समर्थक र अतिथिहरूलाई उक्त कार्यक्रममा सहभागी भई एमालेलाई अझ सबल र जनमुखी बनाउने अभियानमा हातेमालो गर्न अनुरोध गर्नुभएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search