भीमेश्वर नगरपालिकाकी उप–मेयर कमला बस्नेतद्वारा शुभ दीपावली तथा छठ पर्वको अवसरमा भेटघाट तथा चियापान कार्यक्रम दोलखाको भीमेश्वर नगरपालिकाकी उप–मेयर तथा नेकपा (एमाले) जिल्ला कमिटीकी सह–सचिव कमला बस्नेतले शुभ दीपावली तथा छठ पर्वको अवसरमा लक्ष्मी लज, चरिकोटमा विशेष भेटघाट तथा चियापान कार्यक्रम आयोजना गर्ने भएकी छन्। पर्वको शुभ सन्देशलाई साझा उत्सवका रूपमा मनाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, जनप्रतिनिधि, समाजसेवी, उद्योगी–व्यवसायी, सरकारी कार्यालयका प्रमुख, सञ्चारकर्मी र स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ। कार्यक्रमको तयारीबारे जानकारी दिँदै उप–मेयर बस्नेतले भनिन्, “दीपावली र छठ पर्वले उज्यालो, आशा र आस्थाको सन्देश दिन्छ। यी पर्वहरूले हाम्रो समाजमा सद्भाव, सहकार्य…
शनिवार, कार्तिक १ गते विहान ७:३० बजे पार्टी कार्यालयमा विशेष चियापान कार्यक्रम आयोजना गर्ने भएको छ। पार्टीभित्रको संगठनात्मक एकता, सहकार्य, सद्भाव र आपसी भेटघाटको भावना सुदृढ पार्ने उद्देश्यले यो कार्यक्रम तय गरिएको हो। कार्यक्रमको तयारीबारे जानकारी दिँदै भीमेश्वर नगर कमिटीका अध्यक्ष भोला खतीवडाले भन्नुभयो, “एमाले परिवारबीचको आपसी सम्बन्ध र एकतालाई थप सुदृढ बनाउँदै सबैलाई एउटै मंचमा ल्याउने हाम्रो उद्देश्य हो। यस कार्यक्रमले संगठनमा नयाँ ऊर्जा र प्रेरणा थप्ने विश्वास लिएको छ।” कार्यक्रममा नेकपा (एमाले) का विभिन्न तहका नेता–कार्यकर्ता, अन्य मुख्य राजनीतिक दलका प्रतिनिधिहरू, जिल्लास्तरीय सरकारी कार्यालयका प्रमुखहरू, जनप्रतिनिधि, समाजसेवी तथा शुभेच्छुकहरू सहभागी हुने अपेक्षा गरिएको छ। भीमेश्वर नगर कमिटीले यो…
दोलखा । नेपालिहरूको दोस्रो महान् पर्व शुभ दीपावली तथा छठ पर्वको अवसरमा भीमेश्वर नगरपालिका, दोलखाले भेटघाट तथा चियापान कार्यक्रम आयोजना गर्ने भएको छ। कार्यक्रम आगामी २०७८ असोज ३१ गते बिहान ७:०० बजे, सातदोबाटोस्थित होटल लक्ष्मी लजमा हुने जनाएको छ। यस शुभ अवसरमा नगरवासी, विभिन्न संघ–संस्था, कर्मचारी तथा सरोकारवाला सबैलाई सहभागिताका लागि आमन्त्रण गरिएको छ। कार्यक्रमको संयोजन भीमेश्वर नगरपालिका उप–प्रमुख कमला बस्नेतले गर्नुभएको हो। उहाँले यस कार्यक्रमले सामाजिक सद्भाव, आपसी भेटघाट र पर्वको खुशी साटासाट गर्ने अवसर प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ।
