Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

शुभ दीपावली तथा छठ पर्वको अवसरमा भेटघाट तथा चियापान कार्यक्रम

Advertisement

भीमेश्वर नगरपालिकाकी उप–मेयर कमला बस्नेतद्वारा शुभ दीपावली तथा छठ पर्वको अवसरमा भेटघाट तथा चियापान कार्यक्रम

दोलखाको भीमेश्वर नगरपालिकाकी उप–मेयर तथा नेकपा (एमाले) जिल्ला कमिटीकी सह–सचिव कमला बस्नेतले शुभ दीपावली तथा छठ पर्वको अवसरमा लक्ष्मी लज, चरिकोटमा विशेष भेटघाट तथा चियापान कार्यक्रम आयोजना गर्ने भएकी छन्।

पर्वको शुभ सन्देशलाई साझा उत्सवका रूपमा मनाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधिहरू, जनप्रतिनिधि, समाजसेवी, उद्योगी–व्यवसायी, सरकारी कार्यालयका प्रमुख, सञ्चारकर्मी र स्थानीय बासिन्दाहरूको उल्लेखनीय सहभागिता रहने अपेक्षा गरिएको छ।

कार्यक्रमको तयारीबारे जानकारी दिँदै उप–मेयर बस्नेतले भनिन्,

“दीपावली र छठ पर्वले उज्यालो, आशा र आस्थाको सन्देश दिन्छ। यी पर्वहरूले हाम्रो समाजमा सद्भाव, सहकार्य र एकताको भावना बलियो बनाउने अवसर प्रदान गर्छन्। सबैमा सुख, शान्ति र समृद्धिको कामना गर्दै म हार्दिक शुभ दीपावली र छठ पर्वको मंगलमय शुभकामना व्यक्त गर्दछु।”

नेकपा (एमाले) दोलखा जिल्ला कमिटीकी सह–सचिव समेत रहेकी बस्नेतले सामाजिक, राजनीतिक र विकासका क्षेत्रमा सक्रिय नेतृत्वदायी भूमिका निर्वाह गर्दै आउनु भएकी छिन्। उहाँको पहलमा आयोजना हुने यो भेटघाट तथा चियापान कार्यक्रमले नगरमा सामाजिक सद्भाव, आपसी सम्बन्ध र सहकार्यलाई अझ मजबुत बनाउने विश्वास लिइएको छ।

लक्ष्मी लज, चरिकोटमा हुने यो विशेष कार्यक्रमले केवल पर्वको उल्लास साझा गर्ने मात्र नभई, नगर विकास र सामुदायिक एकता सुदृढ गर्ने सन्देश दिने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search