Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

७० औं प्रहरी दिवस दोलखामा विविध कार्यक्रमसहित सम्पन्न

Advertisement

दोलखा / भीमेश्वर – २०८२ जिल्ला प्रहरी कार्यालय दोलखाको आयोजनामा ७० औं प्रहरी दिवस भव्य रूपमा मनाइयो। “नागरिक प्रहरी सहकार्य, सुरक्षाको लागि अपरिहार्य” भन्ने नारासहित सम्पन्न कार्यक्रममा समाजसेवा, अनुशासन र सुरक्षामा प्रहरीको योगदानलाई उच्च सम्मानका साथ प्रस्तुत गरिएको थियो।

कार्यक्रममा ३ जनालाई अमर प्रहरी परिवार सम्मान, २ जना पूर्व जेष्ठ प्रहरीलाई विशेष सम्मान, १७ जनालाई कदरपत्र र १५ जनालाई प्रहरी पुरस्कार प्रदान गरिएको थियो। यी सम्मानहरूले प्रहरी सेवामा समर्पण, इमानदारी र जिम्मेवारीका उदाहरणहरूलाई सम्मान गरिएको आयोजकले जानकारी दिएको छ।

प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय दोलखाले विभिन्न सामाजिक सेवा कार्यक्रमहरू पनि सञ्चालन गरेको थियो। कार्यक्रममा रक्तदान कार्यक्रम, सफाइ अभियान, र वृक्षारोपण कार्यक्रम समेत सम्पन्न गरियो। यी गतिविधिहरूले प्रहरी र समुदायबीचको सहकार्यलाई अझ बलियो बनाउन सहयोग पुर्‍याएको स्थानीयहरूको भनाइ रहेको छ।

कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी, सुरक्षाकर्मी, नागरिक समाजका प्रतिनिधि तथा सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रहरी दिवसले प्रहरी र नागरिकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन, शान्ति र सुरक्षाको महत्त्वलाई उजागर गर्न, र आगामी दिनमा अझ जिम्मेवार प्रहरी सेवा सुनिश्चित गर्ने लक्ष्य लिएको आयोजकले बताएको छ।

प्रधान सम्पादक

महेन्द्र श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search