Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

भीमेश्वर नगरपालिकाको नेतृत्वमा “स्थानीय सरकार असल अभ्यास आदान–प्रदान राष्ट्रिय कार्यशाला”

Advertisement

 

भीमेश्वर नगरपालिका मेयर ईश्वरनारायण (ईश्वर) मानन्धर र उप–मेयर कमला बस्नेतकाे नेतृत्वमा स्थानीय सरकारकाे क्षमता अभिवृद्धि र अनुभव आदान–प्रदान गर्ने उद्देश्यले “स्थानीय सरकार असल अभ्यास आदान–प्रदान राष्ट्रिय कार्यशाला” आयोजना गरिने भएको छ ।

नगरपालिकाको पहलमा र स्थानीय सरकार सशक्तीकरण कार्यक्रमको सहकार्यमा आयोजना हुन लागेको यो राष्ट्रिय कार्यशालामा देशभरका स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, नीति निर्माताहरू र विकास साझेदारहरूको सहभागिता रहनेछ ।

मेयर मानन्धरका अनुसार यस कार्यशालाको मूल उद्देश्य स्थानीय तहले अपनाएका नवीन, प्रभावकारी र दिगो अभ्यासहरूलाई राष्ट्रिय तहमा साझा गर्ने, आपसी अनुभव आदान–प्रदानबाट सिकाइ विस्तार गर्ने र आगामी नीतिगत तथा व्यवहारिक सुधारका लागि मार्गनिर्देशन तयार गर्नु हो । उहाँले भन्नुभयो, “भीमेश्वर नगरपालिका निरन्तर सुधार, पारदर्शिता र उत्तरदायित्वकाे अभ्यास गर्दै आएको छ । हामीले सिकेका असल अभ्यास अन्य स्थानीय तहसँग बाँड्न र उनीहरूबाट पनि सिक्न यो कार्यशाला महत्वपूर्ण अवसर हुनेछ ।”

उप–मेयर कमला बस्नेतले भने स्थानीय तहबीच सहकार्य र साझेदारीको संस्कृतिले मात्र समृद्ध, सशक्त र उत्तरदायी स्थानीय शासन सम्भव हुने बताइन् । उहाँका शब्दमा, “महिलामैत्री नीति, लैङ्गिक सन्तुलन, नागरिक सहभागीता र सामाजिक समावेशीताको विषयमा भीमेश्वर नगरले देखाएका अभ्यासहरू अन्य नगरका लागि पनि मार्गदर्शक बन्नेछन् ।”

कार्यशाला कात्तिक २७ र २८ गते भीमेश्वर नगरपालिकामा सम्पन्न हुने तयारी गरिएको छ । यस अवसरमा देशभरका स्थानीय सरकारका उत्कृष्ट अभ्यासहरू प्रस्तुत गरिने, अन्तरक्रिया सत्रहरू सञ्चालन गरिने र नीतिगत सिफारिसहरू संकलन गरिनेछ ।

भीमेश्वर नगरपालिका यो कार्यक्रममार्फत स्थानीय शासनमा पारदर्शिता, जवाफदेहिता र नागरिक सशक्तीकरणको सन्देश सम्प्रेषण गर्न प्रतिबद्ध रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search