प्रतिनिधि सभाको निर्वाचन : चुनौती र अवसर” विषयक अन्तरक्रिया सम्पन्न काठमाडौं – संविधान निगरानी समूह र नेपाल कानुन समाजद्वारा संयुक्त रुपमा आयोजना गरिएको “आगामी प्रतिनिधि सभाको निर्वाचन : चुनौती र अवसर” विषयक अन्तरक्रिया कार्यक्रम सोमबार राजधानीको लैनचौरस्थित द मल्ल होटलमा सम्पन्न भएको छ। कार्यक्रममा निर्वाचन प्रणालीको सुधार, राजनीतिक दलहरूको आचारसंहिता, मतदाताको अधिकार, निर्वाचन खर्च नियन्त्रण तथा सुशासनसम्बन्धी विविध विषयमा विस्तृत छलफल गरिएको थियो। सहभागी वक्ताहरूले लोकतान्त्रिक अभ्यासलाई संस्थागत गर्न निर्वाचन प्रक्रिया निष्पक्ष, पारदर्शी र सबलीकरणमुखी हुनुपर्नेमा जोड दिएका थिए। कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, पूर्वन्यायाधीश अग्नि खरेल, राधेश्याम अधिकारी, खिमलाल देवकोटा, कृष्णमान प्रधान, भावना राउत, मिराज ढुंगाना, सन्तोष परियार, र अनिलकुमार…
भीमेश्वर — नेकपा (एमाले) द्वारा सञ्चालन गरिएको देशव्यापी जनपरिचालन कार्यक्रमअन्तर्गत यही मङ्सिर २९ गते हुने जिल्ला स्तरीय सभालाई सफल पार्न भीमेश्वर नगर कमिटीले विशेष तयारी बैठक सम्पन्न गरेको छ। नगर कमिटीका अध्यक्ष भाेला खत्रीवडाकाे अध्यक्षता तथा सचिवालय सदस्यहरू, वडा कमिटीका अध्यक्ष, जनसंगठनका प्रतिनिधि र विभिन्न जिम्मेवार कार्यकर्ताहरूको उपस्थितिमा सम्पन्न उक्त समन्वय बैठकले सभालाई भव्य र अनुशासित रूपमा सम्पन्न गराउन नगर कमिटीले खेल्ने भूमिकाबारे विस्तृत योजना तय गरेको छ। बैठकले वडा–वडामा जनसंपर्क र प्रचारप्रसार अभियान तीव्र बनाउने, सहभागीहरूलाई संगठनात्मक रूपमा परिचालन गर्ने, कार्यक्रम स्थलमा व्यवस्थापन संयन्त्र तयार गर्ने र महाधिवेशन सफल पार्न सबै तहका कार्यकर्तालाई सक्रिय भूमिकामा रहने आह्वान गरेको छ।…
भीमेश्वर नगरपालिका मेयर ईश्वरनारायण (ईश्वर) मानन्धर र उप–मेयर कमला बस्नेतकाे नेतृत्वमा स्थानीय सरकारकाे क्षमता अभिवृद्धि र अनुभव आदान–प्रदान गर्ने उद्देश्यले “स्थानीय सरकार असल अभ्यास आदान–प्रदान राष्ट्रिय कार्यशाला” आयोजना गरिने भएको छ । नगरपालिकाको पहलमा र स्थानीय सरकार सशक्तीकरण कार्यक्रमको सहकार्यमा आयोजना हुन लागेको यो राष्ट्रिय कार्यशालामा देशभरका स्थानीय तहका जनप्रतिनिधि, प्रमुख प्रशासकीय अधिकृत, नीति निर्माताहरू र विकास साझेदारहरूको सहभागिता रहनेछ । मेयर मानन्धरका अनुसार यस कार्यशालाको मूल उद्देश्य स्थानीय तहले अपनाएका नवीन, प्रभावकारी र दिगो अभ्यासहरूलाई राष्ट्रिय तहमा साझा गर्ने, आपसी अनुभव आदान–प्रदानबाट सिकाइ विस्तार गर्ने र आगामी नीतिगत तथा व्यवहारिक सुधारका लागि मार्गनिर्देशन तयार गर्नु हो । उहाँले…
