Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

भीमेश्वर नगर कमिटी, नेकपा एमालेद्वारा तयारी बैठक सम्पन्न

Advertisement

भीमेश्वर — नेकपा (एमाले) द्वारा सञ्चालन गरिएको देशव्यापी जनपरिचालन कार्यक्रमअन्तर्गत यही मङ्सिर २९ गते हुने जिल्ला स्तरीय सभालाई सफल पार्न भीमेश्वर नगर कमिटीले विशेष तयारी बैठक सम्पन्न गरेको छ।

नगर कमिटीका अध्यक्ष भाेला खत्रीवडाकाे अध्यक्षता तथा सचिवालय सदस्यहरू, वडा कमिटीका अध्यक्ष, जनसंगठनका प्रतिनिधि र विभिन्न जिम्मेवार कार्यकर्ताहरूको उपस्थितिमा सम्पन्न उक्त समन्वय बैठकले सभालाई भव्य र अनुशासित रूपमा सम्पन्न गराउन नगर कमिटीले खेल्ने भूमिकाबारे विस्तृत योजना तय गरेको छ।

बैठकले वडा–वडामा जनसंपर्क र प्रचारप्रसार अभियान तीव्र बनाउने, सहभागीहरूलाई संगठनात्मक रूपमा परिचालन गर्ने, कार्यक्रम स्थलमा व्यवस्थापन संयन्त्र तयार गर्ने र महाधिवेशन सफल पार्न सबै तहका कार्यकर्तालाई सक्रिय भूमिकामा रहने आह्वान गरेको छ।

साथै, बैठकले आगामी ११ औं महाधिवेशनलाई ऐतिहासिक बनाउने उद्देश्यले संगठन सुदृढीकरण, जनविश्वास अभिवृद्धि र पार्टीको नीतिप्रति जनसंपर्क विस्तारलाई प्राथमिकता दिने निर्णय गरेको छ।

नेकपा (एमाले) भीमेश्वर नगर कमिटीले जारी गरेको विज्ञप्तिमा भनिएको छ — “जनताको पार्टी, जनताको शासनको नारा साकार पार्ने हाम्रो अभियान हो। देशव्यापी जनपरिचालन अभियान र महाधिवेशनलाई जनउत्सवका रूपमा रूपान्तरण गर्न सबैको साथ, सहयोग र सहभागिता अपरिहार्य छ।”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search