Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

सिन्धुलीमा स्थानीय सरकारमार्फत प्रदान गरिने स्वास्थ्य सेवामा फिक्कल प्रथम, स्वास्थ्य शाखा प्रमुख फुयाँललाई सम्मान

Advertisement

महेन्द्र श्रेष्ठ प्राधान सम्पादक

सिन्धुली । आ.व. २०८१/०८२ का उत्कृष्ट कार्यसम्पादनका आधारमा स्थानीय तहमार्फत प्रदान हुने स्वास्थ्य सेवा मूल्यांकनमा फिक्कल गाउँपालिका प्रथम बन्न सफल भएको छ। गुणस्तरीय सेवा विस्तार, आम नागरिकमा स्वास्थ्य सचेतना वृद्धि, स्वास्थ्य पूर्वाधार सुधार र समयमै सेवा उपलब्ध गराउने कार्यमा फिक्कलले देखाएको उल्लेखनीय प्रगतिको उच्च मूल्यांकन गर्दै बागमती प्रदेश सरकारले सम्मानित गरेको हो।

यस उपलब्धिको सम्मानस्वरूप फिक्कल गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख लेखनाथ फुयाँललाई बागमती प्रदेश सरकारका स्वास्थ्य मन्त्री माननीय किरण थापा तथा स्वास्थ्य मन्त्रालयका सचिव डा. सुमित्रा गौतमले संयुक्त रूपमा बधाई तथा धन्यवाद प्रदान गर्दै आगामी दिनमा स्वास्थ्य क्षेत्रलाई अझ प्रभावकारी, जनमुखी र परिणाममुखी बनाउने दिशामा निरन्तर लागिरहन प्रेरणा दिएका छन्।

कार्यक्रममा मन्त्री थापाले फिक्कल गाउँपालिकाले देखाएको कार्यसम्पादन स्थानीय सरकार नभएरै एक उत्कृष्ट अभ्यासको नमुना भएको बताउँदै, “यस्ता पहलहरूले मात्र स्थानीय तहलाई जनसेवाको वास्तविक केन्द्र बनाउँछन्,” भन्दै स्वास्थ्य शाखा प्रमुख फुयाँलको नेतृत्वमा टोलटोलमा पुगेको स्वास्थ्य सेवाको प्रशंसा गरे।

त्यस्तै, सचिव डा. गौतमले स्वास्थ्य सेवा पहुँच र गुणस्तरका सूचकहरूमा फिक्कलले गरेको निरन्तर सुधार प्रदेशकै लागि प्रेरणादायी रहेको उल्लेख गर्दै, “स्थानीय–प्रदेश सहकार्यको राम्रो उदाहरण हो फिक्कल,” भन्दै स्वास्थ्य शाखा टिमलाई अझ सशक्त रूपमा अगाडि बढ्न शुभेच्छा व्यक्त गरिन्।

फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्बती सुनुवारले स्वास्थ्य शाखाबाट गरिएको मेहनत, प्रतिबद्धता र जनताप्रतिको जिम्मेवारीपूर्ण सेवाले नै गाउँपालिका प्रदेशभरिको उत्कृष्ट सूचिमा उक्लिएको बताइन्। उनले स्वास्थ्य शाखामा कार्यरत सबै कर्मचारी, स्वयंसेवक, स्वास्थ्य चौकी, महिला परिचारिका, एएनएम तथा सामुदायिक स्वास्थ्य स्वयंसेविकाहरूको समर्पणप्रति विशेष धन्यवाद व्यक्त गर्दै भनिन्—

“यो सफलता स्वास्थ्य शाखा प्रमुखको नेतृत्वमा काम गरेका सबै जनशक्तिको हो। अब हामी यसलाई अझ उचाइमा पुर्‍याउँदै जनतालाई झनै गुणस्तरीय सेवा दिनेछौँ।”

फिक्कल गाउँपालिकाले पछिल्ला वर्षहरूमा मातृ–शिशु स्वास्थ्य, खोप अभियान, वातावरणीय स्वास्थ्य, पोषण अभियान, गैर–सारसङ्क्रामक रोगको पहिचान तथा नियमित स्वास्थ्य सेवा विस्तारमा उल्लेखनीय उपलब्धि हासिल गर्दै आएको छ। यही निरन्तरता र सुधारात्मक प्रयासले यस वर्ष फिक्कललाई प्रदेशमा प्रथम स्थान दिलाएको हो।

फिक्कल गाउँपालिका र स्वास्थ्य शाखाबाट प्राप्त यो सफलता स्थानीय विकास र जनस्वास्थ्य क्षेत्रमा एक महत्वपूर्ण उपलब्धिका रूपमा लिइएको छ। प्रदेशस्तरको यो सम्मानले आगामी दिनमा स्वास्थ्य सेवाको गुणस्तर वृद्धि, नवनवीन कार्यक्रम विस्तार तथा जनमैत्री सेवा प्रवाहमा अझ ऊर्जा र प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search