Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

शतबीज छर्दै श्रद्धालु, भीमेश्वर धाममा बाला चतुर्दशीको धार्मिक उल्लास

Advertisement

शतबीज छर्दै श्रद्धालु, भीमेश्वर धाममा बाला चतुर्दशीको धार्मिक उल्लास

दोलखाको ऐतिहासिक–धार्मिक केन्द्र भीमेश्वर मन्दिर क्षेत्रमा बुधबार बिहान बाला चतुर्दशीको विशेष पूजा–अर्चनासँगै शतबीज छर्ने श्रद्धालुहरूको घुइँचो लाग्यो। प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका साँझदेखि प्रारम्भ हुने यो विधिमा भक्तजनहरूले दिवंगत पितृको चिरशान्ति र सद्गतिको कामना गर्दै बत्ती बालेर जाग्राम बस्ने परम्परा रहेको छ। यही अनुष्ठानको दोस्रो चरण अन्तर्गत बाला चतुर्दशीको बिहान भक्तजनहरूले शतबीज छर्ने कर्म सम्पन्न गर्छन्।

बाला चतुर्दशीलाई पितृ तर्पण, आत्मशुद्धि र पुण्य प्राप्तिको अवसरका रूपमा लिइन्छ। भक्तजनहरूले बिहानै स्नान–ध्यान गरी विविध अन्नका दानाहरू (शतबीज) ल्याई भीमेश्वर मन्दिर परिसर तथा परिक्रमा मार्गका प्राचीन मठ–मन्दिरहरूमा छर्दै पवित्र परिक्रमा पूरा गर्छन्। यो क्रममा नगरका ऐतिहासिक देवालय, मठ, चैत्य तथा गुम्बाहरूमा श्रद्धालुको अविरल भीड देखिन्थ्यो।

यस वर्ष भने अघिल्ला वर्षको तुलनामा दर्शनार्थी झनै बढी भएको वडा अध्यक्ष स्टालिन श्रेष्ठले बताए। उनका अनुसार बाला चतुर्दशीको अवसरमा स्थानीयवासीदेखि बाहिरी जिल्लाबाट आएका भक्तजनसम्म सबैको सहभागीता उल्लेखनीय थियो, जसले सम्पूर्ण क्षेत्रमा धार्मिक उत्साह, आस्थाको उज्यालो र सांस्कृतिक रंग थप जीवन्त बनायो।

पितृप्रति कृतज्ञता, पुण्यको साधना र सांस्कृतिक पहिचानको संरक्षणसँग जोडिएको बाला चतुर्दशीले भीमेश्वर क्षेत्र आज सम्पूर्ण रूपमा धर्म, दर्शन र श्रद्धाको केन्द्र बनेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search