Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

हानिकारक प्रयोगबारे दोलखामा अन्तरक्रिया सम्पन्न

Advertisement

हानिकारक प्रयोगबारे दोलखामा अन्तरक्रिया सम्पन्न

महेन्द्र श्रेष्ठ

दोलखा — मदिराको हानिकारक प्रयोगले बालबालिका तथा समाजमा पार्ने नकारात्मक असरबारे सचेतना फैलाउने उद्देश्यले चरिकोटमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

“मदिराको हानिकारक प्रयोग : अधिकार र विकासको मुद्दा” विषयक कार्यक्रममा मदिरा दुरुपयोगका कारण शिक्षा, स्वास्थ्य, पारिवारिक हिंसा, आर्थिक समस्या तथा बालअधिकार हनन बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरियो।

कार्यक्रममा बालबालिकामा गरिएको लगानी नै सुरक्षित भविष्यको आधार भएको उल्लेख गर्दै मदिरा नियन्त्रणका लागि समुदाय, अभिभावक, जनप्रतिनिधि र सरोकारवालाको साझा पहल आवश्यक रहेको जोड दिइयो।

२०८२ साल वैशाख ११ गते सम्पन्न कार्यक्रम ग्रामीण विकास टुकी संघ, दोलखाको समन्वयमा CWIN र FORUT को आयोजनामा भएको हो। कार्यक्रममा CWIN नेपालका कार्यकारी निर्देशक कुमार भट्टराई, अध्यक्ष माधव प्रधान, कार्यक्रम निर्देशक धुर्व गौतमलगायतको उपस्थिति थियो।

नेपाल पत्रकार महासंघ दोलखाका अध्यक्ष प्रभु जिरेलले स्वागत मन्तव्य राख्नुभयो भने सञ्चालन CWIN नेपाल दोलखाका शिक्षा तथा सामाजिक अधिकृत विष्णु सुबेदीले गर्नुभयो।

  • कार्यक्रमले मदिराको हानिकारक प्रयोगविरुद्ध सामूहिक चेतना विस्तार गर्दै बालअधिकार संरक्षण र दिगो विकासमा टेवा पुग्ने अपेक्षा गरिएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search