हानिकारक प्रयोगबारे दोलखामा अन्तरक्रिया सम्पन्न महेन्द्र श्रेष्ठ दोलखा — मदिराको हानिकारक प्रयोगले बालबालिका तथा समाजमा पार्ने नकारात्मक असरबारे सचेतना फैलाउने उद्देश्यले चरिकोटमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ। “मदिराको हानिकारक प्रयोग : अधिकार र विकासको मुद्दा” विषयक कार्यक्रममा मदिरा दुरुपयोगका कारण शिक्षा, स्वास्थ्य, पारिवारिक हिंसा, आर्थिक समस्या तथा बालअधिकार हनन बढ्दै गएकोप्रति चिन्ता व्यक्त गरियो। कार्यक्रममा बालबालिकामा गरिएको लगानी नै सुरक्षित भविष्यको आधार भएको उल्लेख गर्दै मदिरा नियन्त्रणका लागि समुदाय, अभिभावक, जनप्रतिनिधि र सरोकारवालाको साझा पहल आवश्यक रहेको जोड दिइयो। २०८२ साल वैशाख ११ गते सम्पन्न कार्यक्रम ग्रामीण विकास टुकी संघ, दोलखाको समन्वयमा CWIN र FORUT को आयोजनामा भएको हो। कार्यक्रममा…
जाउलाखेलमा संघ–प्रदेश वन मन्त्रीबीच वन क्षेत्रका समसामयिक विषयमा विस्तृत छलफल संघीय वन तथा वातावरण मन्त्री माधव चौलागाईं र बागमती प्रदेशका वन तथा वातावरण मन्त्री भरत बहादुर केसीबीच वन क्षेत्रका समसामयिक समस्या, नीतिगत सुधार तथा संघ–प्रदेश समन्वयका विषयमा जाउलाखेलमा विस्तृत छलफल सम्पन्न भएको छ। छलफलमा बागमती प्रदेश वन तथा वातावरण मन्त्रालयका सचिव डा. केदार बराल, प्रदेश मन्त्रालय योजना महाशाखा प्रमुख अजय विक्रम मानन्धर, संघीय मन्त्रालयका कर्मचारीहरू, सामुदायिक वन विज्ञ, प्रदेश वन मन्त्रीका सचिवालयका भोला खतिवडा तथा राष्ट्रिय प्रकृति संरक्षण कोषका सत्यनारायण शाहसहितको टोलीको उपस्थिति रहेको थियो। कार्यक्रममा प्रदेश वन मन्त्री भरतबहादुर केसीले हालसम्म वन जोगाउने नीतिमा केन्द्रित राज्य संरचना अब दिगो…
