Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

बागमती प्रदेश वन ऐन २०७६ संशोधनका लागि गठित कार्यदलको बैठक सम्पन्न

Advertisement

बागमती प्रदेश वन ऐन २०७६ संशोधनका लागि गठित कार्यदलको बैठक सम्पन्न

काठमाडौँ — बागमती प्रदेश वन ऐन २०७६ संशोधनका लागि मन्त्रीस्तरीय निर्णयबाट डा. सिन्धु ढुंगानाको संयोजकत्वमा गठन गरिएको कार्यदलको बैठक सम्पन्न भएको छ।

बैठकमा माननीय वन तथा वातावरण मन्त्री भरत केसी, मन्त्रालयका सचिव डा. केदार बरालसहित कार्यदलका सदस्यहरूको सहभागिता रहेको थियो। बैठकमा प्रदेश वन ऐनका विद्यमान कानुनी प्रावधान, कार्यान्वयनको अवस्था, देखिएका समस्या तथा संशोधनमार्फत सुधार गर्नुपर्ने विषयमा विस्तृत छलफल गरिएको छ।

प्रदेश वन ऐन संशोधनको प्रक्रियामा अधिकारवालाहरूको प्रत्यक्ष प्रतिनिधित्वसहित कार्यदल गठन गरी छलफल तथा सुझाव संकलन गर्ने अभ्यास बागमती प्रदेशमा पहिलो पटक गरिएको हो। यस अभ्यासले ऐनलाई अझ व्यवहारिक, समावेशी र जनमैत्री बनाउने विश्वास लिइएको छ।

वन क्षेत्रका सरोकारवाला, विज्ञ तथा आम नागरिकका सुझावलाई महत्त्व दिँदै अघि बढाइएको यस प्रक्रियाबाट प्रदेशका लागि दीगो, न्यायपूर्ण र प्रभावकारी कानुन निर्माण हुने अपेक्षा गरिएको छ।

वन अभियन्ता भोला खत्रीवडाका अनुसार, ऐन संशोधनको यस सहभागितामूलक अभ्यासले वन व्यवस्थापनमा देखिएका व्यावहारिक समस्या समाधान गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search