Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

एमाले भीमेश्वर नगरपालिका वडा नं. २ को निर्वाचन तयारी बैठक सफलतापूर्वक सम्पन्न

Advertisement

नेकपा एमाले भिमेश्वर नगरपालिका वडा नं. २ वडा कमिटीको आयोजनामा प्रतिनिधि सभा निर्वाचनको तयारीसम्बन्धी महत्वपूर्ण बैठक सम्पन्न भएको छ।

आगामी निर्वाचनलाई व्यवस्थित, प्रभावकारी र सफल बनाउने उद्देश्यले आयोजना गरिएको उक्त बैठकले संगठनात्मक तयारीलाई थप मजबुत बनाएको छ।

बैठकले वडा कमिटीका अध्यक्ष राजेन्द्र नारायण श्रेष्ठको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय गरेको छ। गठन भएको कमिटीले वडा स्तरमा मतदाता सम्पर्क, संगठन सुदृढीकरण, प्रचार–प्रसार तथा निर्वाचन अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउने जिम्मेवारी लिनेछ।

बैठकमा उपस्थित नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले पार्टीको नीति, सिद्धान्त र नेतृत्वप्रति प्रतिबद्धता व्यक्त गर्दै प्रतिनिधि सभा निर्वाचनमा पार्टीलाई विजयी गराउन एकताबद्ध भएर लाग्ने संकल्प व्यक्त गरेका छन्। साथै, स्थानीय तहमा देखिएका समस्या, जनअपेक्षा र सुझावहरूलाई अभियानमार्फत जनतासम्म लैजाने विषयमा समेत गम्भीर छलफल गरिएको थियो।

कार्यक्रमलाई सफल बनाउन सक्रिय सहभागिता जनाउनु हुने सम्पूर्ण नेता, कार्यकर्ता तथा समर्थकहरू प्रति वडा कमिटी परिवारको तर्फबाट हार्दिक धन्यवाद ज्ञापन गरिएको छ। आगामी दिनमा अझ व्यवस्थित र जनमुखी ढंगले निर्वाचन अभियान अगाडि बढाइने प्रतिबद्धता समेत व्यक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search