विकासको भरोसा : पार्बत गुरूङ दोलखा — जिल्लाको समग्र विकास, सुशासन र जनमुखी सेवाको प्रतिबद्धतासहित पार्बत गुरूङ दोलखाली जनतामाझ आशाको केन्द्र बनेका छन्। लामो समयदेखि राजनीतिक तथा सामाजिक क्षेत्रमा सक्रिय गुरूङले विकासलाई नारामा होइन, व्यवहारमा उतार्ने नेताको रूपमा आफ्नो पहिचान बनाउँदै आएका छन्। स्थानीय पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि र रोजगारीका क्षेत्रमा उहाँले अघि सारेका योजनाहरूले जनताको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान दिएको स्थानीयवासी बताउँछन्। “एक गाउँ, एक उत्पादन” जस्ता कार्यक्रममार्फत युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्ने उहाँको सोच दोलखाको दीर्घकालीन विकाससँग जोडिएको छ। गुरूङले राजनीति सत्ताको साधन होइन, जनसेवाको माध्यम हो भन्ने मान्यतालाई आत्मसात् गर्दै आएका छन्। सरल जीवनशैली, स्पष्ट विचार…
नेकपा एमाले भिमेश्वर नगरपालिका वडा नं. २ वडा कमिटीको आयोजनामा प्रतिनिधि सभा निर्वाचनको तयारीसम्बन्धी महत्वपूर्ण बैठक सम्पन्न भएको छ। आगामी निर्वाचनलाई व्यवस्थित, प्रभावकारी र सफल बनाउने उद्देश्यले आयोजना गरिएको उक्त बैठकले संगठनात्मक तयारीलाई थप मजबुत बनाएको छ। बैठकले वडा कमिटीका अध्यक्ष राजेन्द्र नारायण श्रेष्ठको संयोजकत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन कमिटी गठन गर्ने निर्णय गरेको छ। गठन भएको कमिटीले वडा स्तरमा मतदाता सम्पर्क, संगठन सुदृढीकरण, प्रचार–प्रसार तथा निर्वाचन अभियानलाई प्रभावकारी रूपमा अगाडि बढाउने जिम्मेवारी लिनेछ। बैठकमा उपस्थित नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूले पार्टीको नीति, सिद्धान्त र नेतृत्वप्रति प्रतिबद्धता व्यक्त गर्दै प्रतिनिधि सभा निर्वाचनमा पार्टीलाई विजयी गराउन एकताबद्ध भएर लाग्ने संकल्प व्यक्त गरेका…
