Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु

Advertisement

सर्पदंशबाट भीमेश्वर–२ डोक्थलीका भक्तबहादुर थामीको मृत्यु

महेन्द्र श्रेष्ठ
दोलखा।

दोलखा जिल्लाको भीमेश्वर नगरपालिका–२ डोक्थली निवासी अन्दाजी ५० वर्षीय भक्तबहादुर थामीको सर्पदंशबाट मृत्यु भएको छ।

शुक्रबार राति करिब ९ बजे आफ्नै निवासमा रहेका बेला विषालु सर्पले टोकेपछि थामीको स्वास्थ्य अवस्था एकाएक गम्भीर बनेको थियो। परिवारका सदस्य तथा स्थानीयवासीले तत्काल उपचारका लागि अस्पतालतर्फ लैजाने प्रयास गरे पनि अस्पताल पुग्नुअघि नै बाटोमै उहाँको मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ।

मृतकका ज्वाइँ मिलन थामीका अनुसार सर्पले टोकेलगत्तै उहाँलाई प्राथमिक उपचारसहित अस्पताल पुर्‍याउने प्रयास गरिएको थियो। तर उपचारका लागि लैजाँदै गर्दा बाटोमै उहाँले अन्तिम सास फेरेका हुन्।

यस घटनाले डोक्थली क्षेत्र शोकमा डुबेको छ। मृतक थामीको असामयिक निधनप्रति स्थानीयवासीले गहिरो दुःख व्यक्त गरेका छन्। वर्षायाममा सर्पको जोखिम बढ्ने भएकाले घर–आँगन तथा खेतबारीमा काम गर्दा विशेष सावधानी अपनाउन स्थानीयले आग्रह गरेका छन्।

ग्रामीण क्षेत्रमा सर्पदंशका घटना बेला–बेलामा हुने गरे पनि समयमै उपचार सेवा नपाउँदा ज्यान गुमाउनुपर्ने अवस्था दोहोरिने गरेको भन्दै स्थानीयले सर्पदंशको उपचार सेवा थप प्रभावकारी बनाउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

घटनाबारे आवश्यक कानुनी तथा प्रशासनिक प्रक्रिया सम्बन्धित निकायले अघि बढाइरहेको जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
3
+1
2

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search