Skip to main content

शंख ध्वनी मिडिया प्रा. लि

Advertisement

पुष्पलाल स्मृति दिवसमा पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार पौडेललाई

Advertisement

पुष्पलाल स्मृति दिवसमा पहिलो राष्ट्रिय पत्रकारिता पुरस्कार पत्रकार पौडेललाई

शंख ध्वनि अनलाइन संवाददाता
रामेछाप।

नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको ४८औँ स्मृति दिवसको अवसरमा प्रेस चौतारी नेपाल रामेछापले स्थापना गरेको ‘पुष्पलाल स्मृति राष्ट्रिय पत्रकारिता पुरस्कार–२०८३’ पहिलो पटक पत्रकार तथा नेपाल प्रेसका प्रधान सम्पादक मात्रिका पौडेललाई प्रदान गरेको छ।

बिहीबार मन्थलीमा आयोजित विशेष समारोहमा पौडेललाई नगद २५ हजार रुपैयाँ, दोसल्ला र प्रशंसापत्रसहित सम्मान गरिएको हो। सम्मान ग्रहणपछि उनले मुलुक जटिल राजनीतिक तथा सामाजिक परिस्थितिबाट गुज्रिरहेको उल्लेख गर्दै सत्य, तथ्य र जिम्मेवार पत्रकारिताको आवश्यकता झन् बढेको बताए। उनले नेपाली पत्रकारिता विभिन्न चुनौती र आत्म–नियन्त्रणको दबाबबीच पनि सत्यको पक्षमा दृढतापूर्वक अघि बढ्ने विश्वास व्यक्त गरे।

प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हिरामान लामाले पुष्पलाल राष्ट्रिय सीमाभन्दा माथिको अन्तर्राष्ट्रिय व्यक्तित्व भएको उल्लेख गर्दै उनको विचार र योगदानलाई विश्वसामु पुर्‍याउन सञ्चारमाध्यमको भूमिका महत्त्वपूर्ण रहने बताए। पुरस्कृत पत्रकार पौडेलले पनि त्यस अभियानलाई थप सशक्त बनाउने विश्वास उनले व्यक्त गरे।

नेकपा एमालेका केन्द्रीय सदस्य तथा रामेछाप जिल्ला इन्चार्ज माधव ढुङ्गेलले पुष्पलालको जन्मभूमि रामेछापलाई राजनीतिक पर्यटनको केन्द्रका रूपमा विकास गर्न पत्रकारिता क्षेत्रको रचनात्मक भूमिका आवश्यक रहेको बताए। उनले वर्तमान राष्ट्रिय चुनौती समाधानका लागि संविधान पक्षधर लोकतान्त्रिक शक्तिहरूबीच सहकार्य अपरिहार्य रहेको धारणा राखे।

बागमती प्रदेशसभा उद्योग, पर्यटन तथा वातावरण समितिका सभापति आनन्दकुमार श्रेष्ठले कम्युनिष्ट आन्दोलनका कमजोरीहरूको इमानदार समीक्षा आवश्यक रहेको उल्लेख गर्दै सत्ता केन्द्रित गठबन्धनले दीर्घकालीन उपलब्धि दिन नसक्ने बताए।

कार्यक्रममा एमाले बागमती प्रदेश कमिटी सदस्यहरू, नेपाल पत्रकार महासङ्घका पदाधिकारी, प्रेस चौतारीका प्रदेश तथा जिल्ला नेतृत्वसहित विभिन्न व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सोही अवसरमा पुरस्कार कोष स्थापना गर्न पाँच लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका समाजसेवी रत्न गौतमलाई सम्मानपत्र प्रदान गरिएको थियो। उनले पाँच वर्षसम्म वार्षिक एक लाख रुपैयाँका दरले कोषमा सहयोग गर्ने घोषणा गरेका छन् भने पहिलो वर्षको रकमसमेत जम्मा गरिसकेका छन्।

यसअघि पुष्पलाल श्रेष्ठको जन्मथलो रामेछाप नगरपालिका–८ भँगेरीमा श्रद्धाञ्जली कार्यक्रम आयोजना गरिएको थियो। कार्यक्रममा पुष्पलाल र शहीद गंगालालको सालिकमा पुष्पाञ्जली अर्पण गर्दै नेताहरूले पुष्पलालको दूरदर्शी राजनीतिक सोच, लोकतान्त्रिक सहकार्यको अवधारणा तथा राष्ट्रिय राजनीतिमा उनको योगदानको स्मरण गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

छुटाउनुभयो कि ?

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ।

एक–एक रुपैयाँ जोडेर बनाइएको भवन आज घाउ बोकेर उभिएको छ। सिन्धुली एमाले पार्टी कार्यालयमा पुग्दा देखिएको दृश्यले मन छोयो, पुनःनिर्म...
असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ।

असोज मसान्तसम्म मतदाता नामावली प्रकाशन गरिने : निर्वाचन अधिकारी श्रेष्ठ। दोलखा । जिल्ला निर्वाचन कार्यालय दोलखाका निर्वाचन अधिक...
जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग।

जिल्लाकै जेठो गौरीशंकर क्याम्पसद्वारा विपद् कोषमा ७५ हजार बढी सहयोग। दोलखा / प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्ध...
जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग।

जहाँ दुःख, त्यहाँ रेडक्रस : रसुवा बाढीपीडितका लागि सिन्धुलीबाट ४ लाख ५३ हजार सहयोग। सिन्धुली । ‘जहाँ दुःख, त्यहाँ रेडक्रस’ भन्ने ...
Home
ताजा अपडेट
ट्रेन्डिङ
Search